हिमालयन बैंकको ऋणपत्रमा आवेदन दिने म्याद भोलिसम्म | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

हिमालयन बैंकको ऋणपत्रमा आवेदन दिने म्याद भोलिसम्म

काठमाडौं। हिमालयन बैंकको ऋणपत्रमा आवेदन दिने अन्तिम म्याद बुधबार २९ भदौसम्म मात्र रहेको छ । यसआधारमा अब मंगलबार र बुधबार गरी जम्मा २ दिनमात्र यसमा आवेदन दिने समय रहेको छ । हिमालयनको ऋणपत्रमा पहिलो चरणमा सबै बिक्री नभएपछि समय थपेर २९ भदौसम्म पुर्‍याइएको हो ।  बैंकले भदौ १५ गतेबाट १ हजार रुपैयाँ दरमा २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख युनिट ऋणपत्र बिक्री खुला गरेको हो । यसमध्ये १५ लाख युनिट ऋणपत्र व्यक्तिगत तवरबाट तथा बाँकी १० लाख युनिट सर्वसाधारणका लागि खुला गरिएको हो । यसबाट सामूहिक लगानी कोषलाई पनि ५ प्रतिशत छुट्याएको छ । सामूहिक लागानी कोषहरुले कुल ५० हजार इकाई पाउनेछन् । यस ऋणपत्रमा वार्षिक १०.५० प्रतिशत ब्याजदर पाइनेछ । यसमा न्यूनतम २५ इकाईदेखि अधिकतम २ लाख ५० हजार इकाईसम्म आवेदन दिन सकिनेछ । बैंकले ७ वर्ष अवधिको ‘हिमालयन बैंक वन्ड २०८६’ नाममा ऋणपत्र जारी गरेको हो ।

यसमा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैकिङ लिमिटेडले गर्नेछ । यसमा सी–आस्वामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनको शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);