एनआर्इसी एशियाले सुरु गर्यो भाइबर बैंकिङ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

एनआर्इसी एशियाले सुरु गर्यो भाइबर बैंकिङ

काठमाडौं, ३ माघ । एनआइसी एशिया बैंकले भाइबर बैकिङ सेवा सुरु गरेको छ । बैंकले दिँदै आएको सेवालाई थप प्रविधीमुलक बनाउन मंगलबारदेखि भाइबर बैकिङ सेवा ल्याएको बैंकले जनाएको छ

भाइबर बैकिङ सेवा बैंकका ग्राहकले सहजै आफ्नो मोवाइल, ल्यापटप, कम्प्यूटर लगायतबाट प्रयोग गर्न सक्नेछन । यस सेवा मार्फत ग्राहकले बैंकिङ लोन, अनलाइन खाता, बैंकका शाखा कार्यालय सम्बन्धी जानकारी र विदेशी मुद्राको विनिमय दरका बिषयमा जानकारी लिन सक्नेछन ।

भाईबर बैकिङ सुबिधा लिनको लागि भाइबर एल्पिकेसनमार्फत एन आई सी एशिया बैंकको पब्लिक एकाउन्टलाई प्रयोग गरी आवश्यक जानकारी लिन सक्नेछन् । यो सेवामार्फत बैंकको शाखा कार्यालय, एटीएम सञ्जाल, लोन इलिजिविलीटी चेकिङ, अनलाइन एकाउन्ट ओपनिङ लगायतका बारेमा जानकारी लिन सकिने बैंकले जनाएको छ ।

बैंकको मोबाइल बैकिङ्ग सेवामा रजिष्टर भएको ग्राहकहरुले भाइबर बैकिङ्ग सेवामार्फत आफ्नो खाताको सम्पूर्ण जानकारी सजिलै प्राप्त गर्न सक्नेछन्।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);