एनएमबीको म्युचल फन्डको आवेदन आजबाट खुला | ईमाउण्टेन समाचार

Our Network

कार्तिक ४ २०८३, बुधवार

एनएमबीको म्युचल फन्डको आवेदन आजबाट खुला

काठमाडौं । एनएमबी क्यापिटल लिमिटेडले बिहीबारबाट म्युचुअल फन्ड निष्कासन गर्दैछ। एनएमबी क्यापिटलले एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड-२ नामक म्युचुअल फण्ड निष्कासन गर्न लागेको जनाएको छ।

सोअनुसार प्रतिइकाइ १०० रुपैयाँ दरको १२ करोड इकाइ बराबरको म्युचुअल फन्ड निष्काशन गर्न लागेको हो। बैंकले दिएको जानकारीअनुसार निष्काशन गरिने कुल इकाइमध्ये १४ प्रतिशत अर्थात १ करोड ८६ लाख इकाई कोष प्रवर्द्धक कम्पनी एनएमबी बैंक लिमिटेड तथा १ प्रतिशत इकाइ अर्थात १२ लाख योजना व्यवस्थापक एनएमबी क्यापिटलका लागि छुट्याइएको छ भने लगानीकर्ताले बाँकी रहेको १० करोड २० लाख इकाइका लागि बिहीबारबाट नै आवेदन दिन सक्नेछन्।

कम्पनीका अनुसार सो योजनाको इकाइका लागि ३१ साउनभित्रमा आवेदन दिनुपर्ने तथा सोअवधिसम्ममा पूर्ण आवेदन नपरेमा आवेदन दिने म्याद भने ९ भदौसम्म थपिनेछ ।

Leave a Reply

ताजा समाचार