सुपर मादी हाइड्रोपावरको आइपिओ खुल्यो | ईमाउण्टेन समाचार

Our Network

भदौ २१ २०८३, सोमबार

सुपर मादी हाइड्रोपावरको आइपिओ खुल्यो

काठमाडौं। सुपर मादी हाइड्रोपावरले मंगलबारदेखि आइपिओ निष्काशन तथा बिक्री खुला गरेको छ । योजना प्रभावित क्षेत्रका स्थानीयहरूका लागि आइपिओ बिक्री खुला गरेको हो ।
कम्पनीले जारी पुँजीको १५ प्रतिशत हुन आउने अर्थात ३१ करोड ५० लाख बराबरको ३१ लाख ५० हजार कित्ता निष्काशन गर्न लागे हो ।  कम्पनीले आयोजना प्रभावित क्षेत्र कास्कीको मादी गाउँपालिकाका-१ र २ का स्थानीयका लागि ३ लाख १५ हजार कित्ता सेयर तथा कास्की जिल्लाको मादी गाउँपालिकाका ३, ४, ५, ६, ७, ८, ९, १०, ११ र १२ वडा तथा पोखरा महानगरपालिका २६, २७ र २८ वडाका बासिन्दाको लागि सात लाख ३५ हजार कित्ता सेयर छुट्याएको छ।

कम्पनीले सर्वसाधारणलाई निष्काशन गर्ने १० प्रतिशत हुन आउने अर्थात २ लाख १० हजार कित्ता श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीका लागि  सरकारको सम्बन्धित निकायबाट निष्कासन गर्न लागेको हो।

त्यस्तै, आयोजना प्रभावित क्षेत्रका बासिन्दाले ५ पुससम्म मात्र आवेदन दिन सक्छन् । उक्त आइपिओ नपरेको खण्डमा २० पुससम्म आवेदन दिन पाउने व्यवस्था छ। सो सेयर खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था छ। यस्तै, आइपिओ निष्काशन गराएको रेटिङअनुसार इक्रा नेपालले यस कम्पनीलाई इक्रा एनपी आइआर डबल बी रेटिङ प्रदान गरेको छ । सो रेटिङले तत्काल वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ।

Leave a Reply