सिक्लेस हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सिक्लेस हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । सिक्लेस हाइड्रोपावर लिमिटेडले साउन ६ गतेदेखि निष्कासन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आइतबार अन्तिम दिन रहेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि आईपीओ निष्कासन गरेको हो ।

कम्पनीले आफ्नो जारी पुँजी ८५ करोड रुपैयाँको १० प्रतिशतले हुन आउने प्रतिसेयर १०० अंकित मूल्यका ६ लाख १२ हजार ७९३ कित्ता साधारण सेयर निष्कासन गरेको हो । सो आईपीओमा आयोजना प्रभावित क्षेत्र अर्थात कास्की जिल्लाको प्रभावित क्षेत्र मादी गाउँपालिका वडा नं. १, २ र ३ का स्थानीय बासिन्दाहरूले आवेदन दिन सक्नेछन् ।

आईपीओमा माछापुच्छ्रे बैंकको मादी शाखा कार्यालय, बैंक अफ काठमाण्डू, मुक्तिनाथ विकास बैंक र एनआईसी एसिया बैंकको पोखरा शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यसका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

लगानीकर्ताले न्यूनतम १० कित्ता सेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);