नेपाल आर्ट व्यवसायी संघको महोत्तरी कार्यसमिति गठन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

नेपाल आर्ट व्यवसायी संघको महोत्तरी कार्यसमिति गठन

महोत्तरी । आर्ट व्यवसायीको साझा संगठन नेपाल आर्ट व्यवसायी संघले महोत्तरीमा जिल्ला कार्यसमिति विस्तार गरेको छ ।

आज आर्ट र छपाइ सम्बन्धी व्यवसाय गर्नेहरूको हकहितको लागि काम गर्ने संघले महोत्तरीमा केदार कार्कीको नेतृत्वमा ११ सदस्य गठन गरेको हो ।

लामो समयदेखि छपाइ र आर्ट समबन्धि कार्य गर्दै आएका कार्कीको नेतृत्वले व्यवसाय र बजार अझ फराकिलो हुने विश्वास लिइएको छ ।

निर्वाचित हुने अन्य पदाधिकारीहरूमा उपाध्यक्षमा रुदल कुमार महतो, सचिवमा अजय कुमार महतो, स(सचिवमा खगेन्द्र रातामगर, कोषाध्यक्षमा तेज बहादुर पुलामी र सदस्यहरूमा राजु नेपाली, हेम बहादुर आलेमगर,रामबाबु महतो र अमित सिंह छन् ।

सबैको मागअनुसार नै सर्वसम्मतिमा कार्कीलाई निर्वाचित गर्दै नेपाल कमर्सियल आर्टिस्ट संघ महोत्तरी गठन भएको नेपाल कमर्सियल आर्टिस्ट संघले जनाएको छ । जिल्लामा अहिले झण्डै १५० भन्दा बढी आर्ट व्यवसायीहरू छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);