लेकसाईडको सेदिमा अत्याधुनिक सुबिधा सम्पन्न सुपरमार्केट सहित थ्री डि आर्ट म्युजियम सञ्ञ्चालनमा आउने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

लेकसाईडको सेदिमा अत्याधुनिक सुबिधा सम्पन्न सुपरमार्केट सहित थ्री डि आर्ट म्युजियम सञ्ञ्चालनमा आउने

मदन गिरी,

पोखरामा मिनि मार्केट सञ्चालकका रुपमा परिचित युवा व्यवसायी युवराज खतिवडाले लेकसाईडको सेदिमा अत्याधुनिक सुबिधा सम्पन्न सुपरमार्केट सहित थ्री डि आर्ट म्युजियम सञ्चालनमा ल्याउने भएका छन् । सिद्धार्थ चोकमा रहेको फेवा एग्रिकल्चर प्रालि, पर्स्याङमा रहेको ‘वाईयुके मिनिमर्केट’ र पोखरा पृथ्वीचोकको पोखरा सस्तो बजार, सञ्चालन गर्दै आएका खतिवडाले व्यवसायको विस्तार संगै सुबिधा सम्पन्न मार्केट सहित थ्री डि आर्ट म्युजियम सञ्चालन गर्न लागेका हुन् ।

देशको युवाहरु बिदेश जाने होईन यहि नेपालमा नै केहि गर्नु पर्छ भन्दै बेरोजगार युवायुवतिहरुलाई रोजगारी दिनु उनको पहिले उद्देश्य रहेको छ । हाल वाईयुके सुपरमार्केट प्रा.लि. सञ्चालनमा ल्याएको छौं । अहिले सटर बुकिङ समेत खुल्ला गरीसकेका छौं खतिवडाले भने ।

१५ करोड रुपैयाँको लगानीमा २० वर्षका लागि १७ रोपनी जग्गा भाडामा लिएर सञ्चालनमा ल्याएको वाई यु के २०७९ को नयाँ बर्षका दिन वाट पुर्ण रुपमा सञ्चालनमा आउने छ । निम्न वर्गका, मध्यम स्तरका ग्राहकहरुलाई व्यवसायीहरुको नकरात्मक प्रतिस्पर्धाले मारका परेका सामान्य खालका व्यवसायीप्रति वाई यु के सुपर मार्केट लक्षित गरिएको छ । समग्रमा व्यवसाय संगसगै पर्यटन प्रवर्द्वनको लागि सुपरमार्केटको अवधारणा ल्याईएको हो ।

उक्त सुपरमार्केटमा सहकारी, ट्राभल एजेन्सी, इञ्जिनियरिङ कन्सल्टेन्सी, मेडिकल, भेटनरी, फ्रेस हाउस, तरकारी, डिपार्टमेन्टल स्टोर्स, रेष्टुरेन्ट, फेन्सी, थान्का, थकाली भान्सा, ईलेक्ट्रिकल आइटम्स, मोबाइल, ग्रोसरी शप, ब्युटिपार्लर, स्पा, वाइन सप, वैंक तथा वित्तिय संस्था, सुन पसल, पार्टस तथा मेसिनरी पसल, किराना पसल, दोहोरी साँझ, डिस्को, बार, पुल हाउस, जिम , क्लिनिक, प्लाष्टिकका भाँडा पसल, फर्निचर शो रुम, होम डेकोर गरी नुनदेखि सुनसम्मका पसलहरु सञ्चालनमा आउने भएका छन् ।

अहिले उक्त सुपरमार्केटमा निःशुल्क रुपमा केही व्यवसायहरु सञ्चालनमा आएका छन । बोरिङको पानी मार्केट हातामै रहने । पानिको शुल्क नलाग्ने साथै व्यवसायी, ग्राहक सबैको लागि प्रशस्त पार्किङको सुविधा, भाडा महंगो नरहेको हुनाले ठाउँ अनुसार भाडा कायम गरिएको र अब छिट्टै वान डे थ्रि डे म्युजियम आर्ट पनि सन्चालन हुने खतिवडाले बताए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);