३६ वर्षअघि पाटनबाट हराएको मूर्ति अमेरिकाद्वारा नेपाललाई हस्तान्तरण | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

३६ वर्षअघि पाटनबाट हराएको मूर्ति अमेरिकाद्वारा नेपाललाई हस्तान्तरण

काठमाडौं, २२ फागुन । ३६ वर्षअघि पाटनबाट हराएको वासुदेव–कमलाजा लक्ष्मी–नारायणको मूर्ति अमेरिकाले नेपाललाई हस्तान्तरण गरेको छ । वासिङ्टनस्थित नेपाली दूतावासमा आयोजित एक कार्यक्रममा अमेरिकाले नेपाललाई उक्त प्राचीन मूर्ति हस्तान्तरण गरेको हो ।

अमेरिकी संघीय अनुसन्धान ब्युरो एफबीआई का उपसहायक निर्देशक तिमोथी एन डन्हामले अमेरिकाका लागि नेपाली राजदूत डाक्टर युवराज खतिवडालाई उक्त मूर्ति हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा राजदूत खतिवडाले नेपालको प्राचीन मूर्ति फिर्ताका लागि पहल गरेकोमा अमेरिकी सरकारलाई विशेष धन्यवाद दिए । उनले मूर्ति फिर्ताका लागि पहल गरेकोमा सञ्चारमाध्यम, सम्पदाविद् तथा विज्ञहरु, अमेरिकी विदेश मन्त्रालय, एफबीआई, काठमाडौंस्थित अमेरिकी दूतावास र डल्लास म्युजियम अफ आर्ट्सलाई पनि धन्यवाद दिए ।

वासिङ्टनस्थित नेपाली दूतावासले केही प्रक्रिया पूरा गरेर मूर्ति नेपाल पठाइने जानकारी दिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);