९५ वर्ष अघि हराएका २ वटा मूर्ति अमेरिकाबाट फिर्ता ल्याइयो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

९५ वर्ष अघि हराएका २ वटा मूर्ति अमेरिकाबाट फिर्ता ल्याइयो

काठमाडौं, २१ चैत । सरकारले अमेरिकाको मेट्रो पोलिटन म्युजियममा रहेको २ वटा पूरातात्विक महत्वको मूर्ति फिर्ता ल्याएको छ । नेपालबाट ८८ वर्ष अघि हराएको बुद्धको मूर्ति र ९५ वर्ष अघि हराएको उमा महेश्वरको मूर्ति बुधबार नेपाल फिर्ता भएको हो । मेट्रो पोलिटन म्युजियमले आफूहरुको दावी पछि दुवै मूर्ति नेपाल फिर्ता पठाएको पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले जानकारी दिए ।

विभागले मूर्ति फिर्ताका लागि म्यूजियमसँग दावीसहितको पत्र पठाएको थियो । मूर्ति फिर्ता लिन अमेरिकास्थित महावाणिज्य दुतावासले महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो ।

अमेरिकास्थित महावाणिज्य दुत मधु मरासिनीले मेट्रो पोलिटन म्युजियमले मूर्ति फिर्ता सहज ढंगले गरिदिएको बताए । बुधबार पूरातत्व विभागको कार्यालयमा बुझाइएको दुवै मूर्ति ११ औं, १२ औं शताब्दीतिर निर्माण भएका हुन् । बुद्धको मूर्ति विक्रम संवत १९८६ मा काठमाडौंको याटखाबाट हराएको थियो भने विक्रम संवत् १९८० मा उमा महेश्वरको मूर्ति ललितपुरको पाटनस्थित टंगालहिटीबाट हराएको थियो ।

विभागमा महानिर्देशक दाहालले मूर्ति फिर्ता गरिदिएकोमा अमेरिकास्थित मेट्रो पोलिटन म्युजियमलाई धन्यवाद व्यक्त गरे । उनले नेपालबाट हराएको मूति फिर्ता गर्न पनि सम्बन्धित निकायसँग आग्रह गरेका छन् । नेपालबाट धेरै प्राचीन कलाका मूर्तिहरु चोरी भएका छन् । ती सबै मूर्तिहरु फिर्ता लिन आवश्यक कदम चाल्ने विभागको योजना छ ।

पूरातत्व विभागले नेपालस्थित कूटनीतिक नियोगको सहयोगमा नेपालबाट हराएको मूर्तिहरुको खोजी गर्ने कार्ययोजना पनि तय गरिसकेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);