प्रधानमन्त्री ओलीलाई आर्थिक विकासका एजेण्डा उठाउन पूर्वप्रधानमन्त्रीहरुको सुझाव | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

प्रधानमन्त्री ओलीलाई आर्थिक विकासका एजेण्डा उठाउन पूर्वप्रधानमन्त्रीहरुको सुझाव

oli-ex-pms

काठमाडौं, २१ चैत । पूर्वप्रधानमन्त्रीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणका क्रममा राष्ट्रिय हितलाई केन्द्रमा राखी आर्थिक विकासका एजेण्डा उठाउन सुझाव दिएका छन् । भारत भ्रमणका क्रममा आफूले राख्नुपर्ने एजेण्डाको विषयमा छलफल गर्न बुधबार प्रधानमन्त्री ओलीले बोलाउनुभएको परामर्श बैठकमा पूर्वप्रधानमन्त्रीहरुले यस्तो सुझाव दिएका हुन् ।

बैठकमा पूर्वप्रधानमन्त्रीहरुले राष्ट्रिय हितलाई केन्द्रमा राखी आर्थिक विकासको एजेण्डालाई प्राथमिकता दिन सुझाव दिएको एमाले नेता डाक्टर राजन भट्टराईले जानकारी दिए । प्रधानमन्त्री ओली आगामी शुक्रबार ३ दिने राजकीय भ्रमणका लागि भारत जाँदै छन् ।

सोही सम्बन्धमा प्रधानमन्त्री ओलीले बुधबार विहान नेपाल भारत प्रवद्ध समूह, नेपाल–भारत मामिलाका विज्ञहरुसहित पूर्वप्रधानमन्त्रीहरुसँग परामर्श गरेका हुन् । परामर्श बैठकमा पूर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल, झलनाथ खनाल, माधवकुमार नेपाल, लोकेन्द्रबहादुर चन्द, मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मी उपस्थित थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);