प्रधानमन्त्री ओलीद्वारा पूर्वप्रधानमन्त्रीसँग परामर्श | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

प्रधानमन्त्री ओलीद्वारा पूर्वप्रधानमन्त्रीसँग परामर्श

kp oli pm

काठमाडौं, ३ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न चीन भ्रमणबारे पूर्वप्रधानमन्त्रीहरुसँग सामूहिक परामर्श गरेका छन् । प्रधानमन्त्री ओलीले आईतबार सिंहदरबारमा पूर्वप्रधानमन्त्रीहरुसँग सामूहिक भेट गरी चीन भ्रमणबारे परामर्श गरेका हुन् ।

परामर्शका क्रममा पूर्वप्रधानमन्त्रीहरुले प्रधानमन्त्री ओलीको चीन भ्रमण फलदायी हुने विश्वास व्यक्त गरेका थिए । पारवहन लगायतका सम्झौता कार्यान्वयनमा ठोस सहमति हुने र चीनको आर्थिक विकासबाट नेपालले बढिभन्दा बढि लाभ प्राप्त गर्न प्रधानमन्त्री ओलीको चीन भ्रमण सफल हुने पूर्वप्रधानमन्त्रीहरुले विश्वास व्यक्त गरेको भेटमा सहभागी परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले आफ्नो चीन भ्रमणपछि दुई मुलुकबीचको सम्बन्ध र आर्थिक साझेदारी उचाईमा पुग्ने विश्वास व्यक्त गरे  । प्रधानमन्त्री ओलीलाई सुझाव दिन पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल, झलनाथ खनाल, माधवकुमार नेपाल, डाक्टर बाबुराम भट्टराई र मन्त्रीपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मी सिंहदरबार पुगेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);