ओलीको चीन भ्रमण स्वागतयोग्य : भण्डारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

ओलीको चीन भ्रमण स्वागतयोग्य : भण्डारी

काठमाडौं, ३१ जेठ । काँग्रेस नेता चन्द्र भण्डारीले प्रधानमन्त्री केपी ओलीको आसन्न चीन भ्रमणको स्वागत गरेका छन् । नेता भण्डारीले चीन भ्रमणका क्रममा रेल सेवा विस्तारका लागि सम्झौता गरे त्यो नेपालका लागि सबैभन्दा ठूलो उपलब्धि हुने पनि स्पष्ट पारे ।

बिहिबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले नेपाललाई नाकाबन्दीबाट मुक्त गराउने गरी चीनको सहयोगमा रेल सेवा विस्तारका लागि सम्झौंता गर्न प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराए ।

प्रधानमन्त्री ओली यही असार ५ गते चीन भ्रमणमा जाँदै छन् । नेता भण्डारीले चीनसँग लिपुलेकको विषयमा पनि कुरा गर्न प्रधानमन्त्री ओलीलाई सुझाव दिए ।

चीन र भारत दुवै मुलुकबाट रेल सेवा विस्तार गर्नु नेपालको हितमा हुने नेता भण्डारीको भनाई छ । काँग्रेस नेता भण्डारीले प्रधानमन्त्री ओलीको चीन भ्रमण सफल हुने विश्वास समेत व्यक्त गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);