नेकपा दल दर्ता गर्नुको कारण पेश गर्न निर्वाचन आयोगलाई सर्वोच्चको आदेश | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

नेकपा दल दर्ता गर्नुको कारण पेश गर्न निर्वाचन आयोगलाई सर्वोच्चको आदेश

काठमाडौं, ३ असार सर्वोच्च अदालतले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दल दर्ता गर्नुको कारण पेश गर्न निर्वाचन आयोगलाई आदेश दिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दल दर्ता गर्ने निर्वाचन आयोगको निर्णय खारेज गर्न माग गर्दै सर्वोच्चमा दायर गरिएको रिट निवेदनमाथि आईतबार सुनुवाई गर्दै न्यायाधिश अनिलकुमार सिन्हाको एकल इजलासले कारण पेश गर्न निर्वाचन आयोगलाई आदेश दिएको हो ।

इन्दु तुलाधर निवेदक रहेको सो रिट गत विहिबार सर्वोच्चमा दायर भएको थियो । संवैधानिक तथा राजनीतिक दल दर्ता सम्बन्धि ऐन अनुसार निर्णय गर्न उपयुक्त देखिएको निष्कर्ष निकाल्दै सर्वोच्चले सो रिटलाई अग्राधिकार प्रदान गर्ने आदेश पनि दिएको छ ।

रिट निवेदनमा एक तिहाई महिला केन्द्रिय समितिमा नभई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दल दर्ता गर्ने निर्णय संविधान र कानुनसम्मत नभएकाले त्यसलाई कार्यान्वयन नगर्न, नगराउन अन्तिम आदेश दिन पनि माग गरिएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);