आठ कलाकारले बनाए मञ्जुश्रीको मूर्ति | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

आठ कलाकारले बनाए मञ्जुश्रीको मूर्ति

manjushree

काठमाडौं, ४ असार । ढुङ्गा कुँद्न सुरु गरेको आठ वर्षपछि चोभारमा ३३ फिट अग्लो मञ्जुश्रीको ढुङ्गे मूर्ति तयार भएको छ । विसं २०६८ देखि कलाकार चन्द्रश्याम डङ्गोलको नेतृत्वमा मञ्जुश्रीको मूर्ति बनाउने काम सुरु गरिएको थियो ।

प्रस्तरको मूर्ति तयार गरी कीर्तिपुर–६ स्थित चोभार डाँडामा स्थापना गरिएको छ । यो मूर्तिको युरेसिया रेयुकाईका संस्थापक अध्यक्ष युसुन मासुनागाले उद्घाटन गरे । बोधिसत्व मञ्जुश्री र काठमाडौँको सभ्यतासँग जोडिएको महत्वपूर्ण सम्पदाको उद्घाटन गर्न पाउँदा आफू निकै खुसी भएको ८७ वर्षीय मासुनागाले बताए ।

मूर्ति निर्माणको नेतृत्व ललितपुरका कलाकार चन्द्रश्याम डङ्गोलले गरेका हुन् । उनीसँगै आठ कलाकारले आठ वर्ष निरन्तर कुँदेपछि अहिले यो मूर्ति तयार भएको उनले बताए । यो मूर्ति १३ वटा ढुङ्गा जोडेर बनाइएको छ । ३३ फिट अग्लो मूर्तिका लागि उपयुक्त हुने ठूलो ढुङ्गा उपलब्ध नभएका कारण टुक्रा जोडेर बनाइएको कलाकार डङ्गोलको भनाइ छ ।

उनका अनुसार यो मूर्तिको तौल एक सय टन छ । यो मूर्ति नेपालको सबैभन्दा अग्लो प्रस्तर मूर्ति भएको दाबी कलाकार डङ्गोल गर्छन् । आठ वर्षसम्म मूर्ति निर्माण गर्दा विभिन्न बाधाअवरोध आएको उनले सुनाए । फर्पिङबाट ढुङ्गा ल्याउन खोज्दा आफ्ना कामदारहरू थुनामा समेत बस्नुपरेको उनले बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा शान्ति लामाले लखेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);