अब पाइपलाइनबाट पेट्रोलियम पदार्थ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

अब पाइपलाइनबाट पेट्रोलियम पदार्थ

Petrolium-pipe-line

काठमाडौं, ४ असार । नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन बिछ्याउने काम सकिएको छ । नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसन (आइओसी) का प्राविधिकले मंगलबार पाइपमा पानी पठाएर गरेको परीक्षण पनि सफल भएको छ ।

आयल निगम रक्सौल–अमलेखगन्ज पाइपलाइन परियोजना प्रवन्धक प्रदीप यादवका अनुसार पाइपमा पानीको प्रेसर पठाएर गरिएको परीक्षण सफल भएको हो ।

पाइप फुट्ने जोखिम भएकाले गुणस्तर परीक्षण गर्न प्रेसर जाँच गरिएको हो । भारतबाट ट्यांकरमा पेट्रोलियम पदार्थ ढुवानी भइरहेको अवस्थामा अब पाइपबाट पेट्रोलियम पदार्थ ल्याउन सकिन्छ । यो समाचार आजको नागरिक दैनिकमा दिलीप पौडेलले लेखेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);