पाइपबाट खस्यो डिजेल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

पाइपबाट खस्यो डिजेल

Pipe Line Parichhan Safal

काठमाडौं, ४ साउन । नेपाल–भारत पेट्रोलियम पाइपलाइनबाट डिजेल ल्याइएको छ। बहुप्रतीक्षित पाइपलाइनबाट इन्धन भित्र्याउन गरिएको परीक्षण शुक्रबार सफल भएको हो। भारतको पटनाबाट मोतीहारी हुँदै अमलेखगन्ज डिपोमा ३१ लाख लिटर डिजेल झारिएको छ।

नेपाल र भारत दुवै देशका प्राविधिकले बुधबारदेखि पाइपलाइन परीक्षण थालेका थिए। शुक्रबार बिहान ६ बजे पाइपबाट डिजेल अमलेखगन्जसम्म ल्याइएको हो। पाइप जाँच गरी सफा गरेर डिजेल ल्याइएको नेपाल आयल निगमको अमलेखगन्ज डिपो प्रमुख प्रदीप यादवले बताए। ‘सुरुमा पाइप लिकेज छ कि छैन भनेर हावा र पानी पठाएर जाँच गर्‍यौं’, पेट्रोलियम पाइपलाइन आयोजना प्रमुखसमेत रहेका यादवले भने, ‘त्यसपछि डिजेल ल्याएका हौं।’

उनका अनुसार बुधबार साँझ ६ बजे हावा, राति २:३० मा पानी र शुक्रबार बिहान ६ बजे डिजेल ल्याइएको हो। पटनाबाट बुधबार दिउँसो हावा र पानीको प्रेसर दिएर पाइपको अवस्था जाँचिएको थियो। पटनाबाट अमलेखगन्जसम्मको दूरी २ सय ५९ किलोमिटर छ।

यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);