नेपालमा पहिलो पटक पाइपलाईनबाट पेट्रोलियम पदार्थ आयात | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

नेपालमा पहिलो पटक पाइपलाईनबाट पेट्रोलियम पदार्थ आयात

Pipe Line Parichhan Safal

श्याम गुप्ता
बारा, ३ साउन । भारतको मोतिहारीदेखि नेपालको अमलेखगंज पेट्रोलियम पाईपलाईनको शुक्रवार सफलता पूर्वक परीक्षण सम्पन्न भएको छ । भारतको पटनाबाट मोतिहारी हुँदै नेपालको अमलेखगंजसम्म कुल दुई सय ६८.७ किलोमिटर मध्ये नवनिर्मित मोतिहारीदेखि अमलेखगंज सम्मको ६९.७ किलोमिटर क्षेत्रको पाईपको परिक्षण गरिएको हो । पाइपलाइनबाट पेट्रोलियम पदार्थ आयात हुन थालेपछि नेपाललाई ढुवानीमा मात्र मासिक झण्डै एक अर्ब बचत हुने दाबी गरिएको छ ।

राष्ट्रिय परियोजना मोतीहारी–रक्सौल–अमलेखगंज पेट्रोलियम पाइपलाईन परियोजनाको काम सम्पन्न भई पाइपलाइनको पूर्व परीक्षण पनि सफलता पूर्वक सम्पन्न भएको छ । पाईप परिक्षणका लागि भारतको पटनाबाट बुधबार दिउँसो २ बजे पानी, पानी र डिजेल छुट्याउने पिग र डिजेल पठाईएको थियो ।

बिहीवार ६ बजे साँझ हावा, राती २ः३० बजे पानी हुँदै शुक्रवार बिहान ६ बजेपछि डिजेल आउन शुरु भएको बिज्ञ ईन्जिनियर शरद पौडेलले जानकारी दिनुभयो ।

पाइपलाइनबाट प्रति घण्टा तीन लाख लिटर डिजेल भित्र्याउन सकिने भए पनि परीक्षणका लागि शुक्रबार दशलाख लिटर डिजेल ल्याइएको छ । भारतको पटनाबाट मोतिहारी हुँदै नेपालको अमलेखगंजसम्म कुल दुई सय ६८.७ किलोमिटर मध्ये नवनिर्मित मोतिहारीदेखि अमलेखगंज सम्मको ६९.७ किलोमिटर क्षेत्रको पाईपको परिक्षण गरिएको हो ।

सन् २००४ मा सम्झौता भएर २०१८ डिसेम्बरबाट निर्माण थालिएको यो परियोजना २०२० मार्चमा सम्पन्न गर्ने लक्ष्य राखिएको भएपनि लक्ष्य भन्दा आठ महिना अघि नैं सम्पन्न भएको हो ।

पाईपलाईन निर्माणका लागि हालसम्म कुल तीन अर्व २४ करोड भारतीय रुपैँया खर्च भएको छ । जस मध्ये नेपालको ३० प्रतिशत र भारतको ७० प्रतिशत लगानी हुने भनिए पनि हालसम्मको सबै खर्च भारतीय पक्षले नै व्यहोरेको ईन्जिनियर यादवले जानकारी दिनुभयो ।

हाल ३१ लाख लिटर डिजेलको भन्सार तिरी पाईपमार्फत तेल ल्याईएको र उक्त तेल मध्ये १० लाख लिटर तेल ट्याङ्कीमा भण्डारण गरी बाँकी तेल पाईप मंै राख्ने योजना रहेको छ । पाइपलाईनबाट पेट्रोलियम पदार्थ आयात हुन थालेपछि ढुवानी बापत नेपाललाई मासिक ९० करोड भन्दा बढी बचत हुने दाबी गरिएको छ ।

दुबै देशका प्रधानमन्त्रीले अगष्ट १५ भित्रको समयमा संयुक्त रुपमा उद्घाटन गरेपछि पाईपमार्फत तेल ल्याउने कार्य निरन्तर हुने समेत निगमले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);