पेट्रोलियम पाईपलाईनमा समस्या देखिएपछि भारतीय प्राविधिक बोलाएर मर्मत कार्य हुँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

पेट्रोलियम पाईपलाईनमा समस्या देखिएपछि भारतीय प्राविधिक बोलाएर मर्मत कार्य हुँदै

श्याम गुप्ता,
बारा । मोतीहारी–अमलेखगंज पेट्रोलियम पाइपलाइनमा समस्या आएको छ । वीरगञ्ज देखि ८ किलोमिटर उत्तरमा परवानीपुरको हुनमान मन्दिर नजिकै समस्या आएको हो ।

पेट्रोलियम पदार्थ आपूर्ति गर्न बनाइएको पाइपलाइनबाट तेल आपूर्ति गर्ने प्रेशर पम्पमा समस्या आएको हो ।

बाराको परवानीपुर स्थित पाइपलाइनको भल्भमा समस्या आए पछि नेपाल आयल निगमले भारतीय प्राविधिकबाट पाइपलाइनको मर्मत गराइरहेको छ । नेपाल आयल निगम अमलेखगंज डिपोका प्रमुख प्रदिप यादवका अनुसार भल्भमा समस्या आए पछि इन्डियन आयल कर्पोरेशनको सहयोगमा भारतको कर्नाटक राज्यबाट प्राविधिक झिकाइ उक्त पाइपलाइनको मर्मत कार्य भइरहेको छ ।

“पाइपलाइनबाट अहिले पनि डिजेल निर्बाध रूपमा आइरहेको छ, प्रेशरमा केही समस्या थियो”, उनले भने, “भारतीय कम्पनी प्लान्ट टेक इन्डस्ट्रिज सर्भिसेज लिमिटेडबाट एक साता देखि मर्मत कार्य भइरहेको छ ।”

उनले मर्मत सम्भारले डिजेल आपूर्तिमा कुनै असर नपरेको पनि प्रष्ट्याए । “पाइपलाइनबाट आउने डिजेल आपूर्तिमा कुनै असर परेको छैन, प्राविधिकले भर्टिकल भल्भमा जोडेर मर्मत कार्य गर्छन्, तेल आइरहन्छ, मर्मत पनि भइरहन्छ ।” उनले भने ।

गत २०७६ भदौ २४ गते मोतीहारी–अमलेखगंज पाइपलाइन सञ्चालनमा आएको थियो । भारतको ३ सय २० करोड र नेपालको १ सय २० करोड गरी कुल ४ सय ४० करोड रुपैयाँमा निर्माण भएको ७० दशमलव २ किलोमिटर लम्बाइको पाइपलाइनमा अहिले डिजेल मात्र आउँछ । पाइपलाइन निर्माण पछि आयल निगमको वार्षिक ढुवानी र प्राविधिक नोक्सानी बापत करिब ४ अर्ब रुपैयाँको बचत भईरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);