कञ्चनपुरमा ७५ फिट अग्लो नेपाल आमाको मूर्ति पुनः निर्माण सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

कञ्चनपुरमा ७५ फिट अग्लो नेपाल आमाको मूर्ति पुनः निर्माण सुरु

कञ्चनपुर, २ असोज । नेपालमै पहिलो पटक कञ्चनपुरमा निर्माण हुन लागेको ७५ फिट अग्लो नेपाल आमाको मूर्ति पुनः निर्माण कार्य सुरु भएको छ । कोरोना महामारीले लामो समय रोकिएको निर्माण कार्य पुनः द्रुत गतिमा अघि बढेको हो ।

कञ्चनपुरको भीमदत्त नगरपालिका ८ स्थित भम्केनी धाममा नेपाल आमाको मुर्ति निर्माण कार्य सुरु गरिएको छ । कोरोना महामारीका कारण मूर्ति निर्माणमा ढिलाई भएको हो । अहिलेसम्म मूर्ति निर्माणको १५ प्रतिशत मात्रै काम सकिएको छ ।

दुई वर्ष अघि भ्याली कन्स्ट्रसन ललितपुरले ३ वर्ष ६ महिनामा सक्ने गरी ठेक्का लिएको थियो । तर केही प्राविधिक समस्या र कोरोना महामारीका कारण निर्माण कार्यमा ढिलाई भएको निर्माण कम्पनीले बताएको छ । कोरोना महामारीका कारण भारतीय कामदार आउन नसक्ने भएकाले तोकिएको समय भन्दा ५÷६ महिना बढी लाग्ने ठेकेदार मनोहर महर्जनको भनाइ छ ।

हाल मुर्ति निर्माणकालागी आवश्यक कच्चा पदार्थ ल्याउन समेत समस्या भएको र भारतबाट कामदार आएपछि निर्माण कार्य तीव्र गतिमा हुने बताईएको छ । मूर्ति निर्माणकालागि १० करोड ८१ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको छ ।

मूर्ति निर्माणकालागि २५ देखि ३० टनसम्म अष्टधातु लाग्ने अनुमान छ । भम्केनी क्षेत्रमा नेपाल आमाको मूर्तिसँगै सुदूरपश्चिमका ९ जिल्लाका प्रमुख देवीदेवताका कुण्डहरु पनि निर्माण गरिएका छन् । नौ जिल्लाका नौ कुण्डहरु सूर्य कुण्ड, गणेश कुण्ड, अग्नी कुण्ड लगायतका अन्य पाँच कुण्ड समेत निर्माण गरिएको छ ।

भम्केनी क्षेत्रमा रहेको प्राचीन सिद्धनाथ वैजनाथ मन्दिरमा सयौं वर्ष पुराना घण्टा, कुवा, सिलाहरु समेत हेर्न पाइन्छ । यस क्षेत्रलाई धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा प्रर्वद्धन र विकास गर्न सके कञ्चनपुरको मात्र नभई सिंगो सुदूरपश्चिम प्रदेशकै आर्थिक उन्नति हुन सक्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);