नेपाल कै पहिलो 'एभिएसन म्युजियम' सञ्चालनमा | ईमाउण्टेन समाचार

Our Network

चैत १७ २०८०, शनिबार

म्युजियम अवलोकनका लागि ३ सय रुपैयाँ प्रवेश शुल्क-

कक्षा ९ देखि १२ सम्मका विद्यार्थीले नि:शुल्क प्रवेश-

अन्य विद्यार्थीका लागि ५० प्रतिशत छुट-

काठमाडौं, १८ कात्तिक । उड्डयन क्षेत्रको जानकारी दिने उद्देश्यका साथ नेपाल मै पहिलो एभिएसन म्युजियमकाे  सञ्चालन सुरु भएको छ । एभिएसन म्युजियमले शनिबार पत्रकार सम्मेलन गरि म्युजियमको औपचारिक सुरुवात भएको जानकारी गराएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरण र वेद उप्रेती ट्रष्टको सहकार्यमा झण्डै सात करोड लगानीमा बनाईएको सो म्युजियमको पुरै संरचना एयसबस भित्र रहेको छ ।

जहाज भित्रै बनाईएको संग्रहालय ५ खण्ड मा विभाजित छ । सबै खण्डमा उड्डयन क्षेत्रका विषयवस्तु राखिएको छ । जहाजको तल्लो तलामा बैठक कक्ष बनाईएको छ । त्यसमा सानो बैठक तथा अन्र्तरक्रिया संचालन गर्न सकिने छ ।

जहाज भित्रको संग्राहलमा प्रवेश गर्ने वित्तिकै अवलोकनकर्ताले यो संग्रहालय बनाउने क्रममा भएका गतिविधि समेटिएको नेपाली र अंग्रेजी दुवै भाषाको श्रव्यदृश्य सामाग्री सुन्न सक्नेछन् । वेलकम हलमा एयरबस–३३० को ग्लास ककपिट राखिएको छ । संगै जहाजको मोडेल पनि राखिएको छ ।

संग्राहलयको एयर फोर्स हलमा पहिलो विश्वयुद्धदेखि अहिलेसम्मका लडाकु विमानका मोडलहरु राखिएको छ । त्यसपछि क्रमैसंग एयरबस–३८० र बोइङ–७७७ को मोडल , संसारका मुख्य–मुख्य एयरलाइन्सहरुका मुख्य–मुख्य जहाजहरु (बोइङ र एयरबसका विभिन्न सिरिज), नेपालमा उडेका डिसी थ्री देखि पछिल्ला एयरबस–३३० र आर्मीको सिएन–३५ का सयौ मोडेलहरु राखिएको छ ।

२०७१ फागुन २० गते टर्किस एयरको एयरबस–३३० बिमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा धावनमार्गमा चिप्लिएर ग्राउण्डेड भएको थियो । एयसवस मर्मतका लागि उपकरण ल्याउन नसकेको टर्किस एयर इञ्जिन निकालेर नेपालमै बेच्ने निचोडमा पुगेपछि क्याप्टेन वेद उप्रेतीको संग्रहालयको परिकल्पना विजारोपण भएको थियो ।

यो म्युजियमबाट आम सर्वसाधारण र विद्यार्थीमा उड्डयन क्षेत्रको जिज्ञासा मेटाउने र ज्ञान समेत अभिवृद्धि गर्ने विश्वास म्युजियम संचालक उप्रेतीको छ ।

म्युजियम अवलोकनका लागि ३ सय रुपैयाँ प्रवेश शुल्क राखिएको छ । तर कक्षा ९ देखि १२ सम्मका विद्यार्थीले नि:शुल्क प्रवेश पाउने छन् । अन्य विद्यार्थीका लागि ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ । म्युजियम संचालनको सुरुको एक महिनाका लागि शुल्कमा केही छुट दिईएको छ । यो म्युजियम काठमाडौंको सिनामंगलमा निर्माण गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);