चिनियाँ पाइलट ल्याउँदा मिचियो मापदण्ड | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

चिनियाँ पाइलट ल्याउँदा मिचियो मापदण्ड

pilot

काठमाडौं, २७ बैशाख । नेपाल वायुसेवा निगमले चिनियाँ वाई १२ ई जहाज उडानका लागि ल्याउन लागेका तीन चिनियाँ क्याप्टेनहरुसँग सरकारले तोकेको योग्यता नरहेको खुलासा भएको छ ।

ति चालकसँग कमर्सियल पाइलट लाइसेन्स (सीपीएल) मात्रै रहेको पाइएको छ । जबकी, नेपाल नागरिक उड्डयन प्राधिकरणको नियमावलीमा भने नेपालमा दर्ता भएका जहाज उडान गर्न पाइलटसँग एयरलाइन्स ट्रान्सपोर्ट पाइलट लाइसेन्स (एटीपीएल) अनिवार्य हुनपर्ने व्यवस्था छ ।

अन्तराष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) ले पनि एटीपीएलबाहकलाई मात्र अनुमति दिनको लागि संसारभर नियम लगाउने गरेको छ । तर, चिनियाँ जहाज उडान गर्न पाइलट अभाव खेपिरहेको निगमले ल्याउन लागेको तीन चिनियाँ पाइलट सीपीएलबाहक मात्र रहेको पाइएको हो । आजको कारोबारले पहिलो पृष्ठमा यो समाचार छापेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);