मोदीलाई 'जेड' तहको सुरक्षा | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

मोदीलाई ‘जेड’ तहको सुरक्षा

modi

काठमाडौं, २७ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणका बेला जेड तहको सुरक्षा दिइने भएको छ ।

मोदीको नेपाल भ्रमणका समयमा पाँच प्रकारका सुरक्षा चुनौती औंल्याउँदै सरकारले यो तहको सुरक्षा दिने तयारी गरेको हो ।
जेड तहको सुरक्षा सर्वोच्च सुरक्षा बिन्दु हो । विश्वमा यस्तो सुरक्षा भारतीय प्रधानमन्त्री, चिनियाँ राष्ट्रपति, अमेरिकी राष्ट्रपति र इजरायली प्रधानमन्त्रीलाई दिइने गरिएको छ ।

उच्च सुरक्षा स्रोतले भन्यो, सुरक्षाकै कारण देखाएर भारतीय प्रधानमन्त्री पाकिस्तान नजाँदा सार्क सम्मेलन समेत रोकिएको छ । हामीले त्यसलाई ध्यान दिनुपर्छ । उहाँको सुरक्षामा उच्चस्तरका सुरक्षा अधिकारी खटिनेछन् । आजको नागरिकले पहिलो पृष्ठमा यो समाचार छापेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);