प्रकाशमानसँग भिड्ने अनिल शर्मा भन्छन, लोडसेडिंग अन्त्य भयो अब धुलो धुवाँ मुक्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

काठमाडौं, १८ कार्तिक ।  प्रत्येक निर्वाचनमा चर्चाको केन्द्र बन्ने काठमाण्डौं क्षेत्र नम्वर १ यसपटक पनि चर्चाको विषय बनेको छ । वाम गठवन्धनवाट उज्यालो अभियानका अभियान्ता युवा नेता अनिल शर्मा, नेपाली काँग्रेसबाट प्रकाशमान सिंह र विवेकशिल साझा पार्टीवाट रविन्द्र मिश्र चुनावी मैदानमा ओर्लिएपछि काठमाण्डौ क्षेत्र नम्वर १ यसपटक पनि चर्चाको केन्द्र बनेको हो ।

२०७० को संविधान सभा निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी छोरी रेणु दाहाल र प्रकाशमान सिंहविच कडा प्रतिस्पर्धा भएको थियो । यसपटक भने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र अन्य साना वाम घटकको रोजाईमा परे एक जना यस्ता ३५ वर्षे जुजारु युवा नेता अनिल शर्मा रहेका छन् ।

काठमाडौं क्षेत्र नम्वर १ लाई नेतृत्व गर्छु भनेर आएका वाम गठबन्धनका साझा युवा उम्मेदरवार अनिल शर्मा को हुन त ? अहिले चर्चाको खास विषय यो बनेको छ । अनिल शर्मा तीनै व्यक्ति हुन, जो काठमाडांैलाई लोडसेडिंग मुक्त सहर बनाउने नायक जर्नादन शर्मा र कुलमानसिंह घिसिंग मध्ये पर्दा भित्रका एक विशेष पात्र ।

वाम गठवन्धनका उम्मेदवार अनिल शर्मा, काठमाण्डौलाई लोडसेडिंग मुक्त बनाउने नायक जर्नादन शर्माका सहोदर भाई हुन् । काठमाडांैलाई लोडसेडिंग मुक्त सहर बनाउने मध्येका भित्री योजनाकार शर्माले किन काठमाण्डौ क्षेत्र नम्वर १ लाई रोज्न आईपुगे ? राजनीति वृत्तमा छलफलको विषय यो पनि छ । विद्यार्थी राजनीतिमा लोकप्रिय शर्मा भन्छन, ‘काठमाडौं क्षेत्र नम्वर १ लाई सवैले प्रयोगको क्षेत्र बनाए, म काम गर्ने क्षेत्र बनाउन आएको हुँ ।’

अनिल भन्छन, अबको नेतृत्व काठमाण्डौ बाटै साच्चै युवा पुस्ताले सुरु गर्ने हो भन्ने सन्देश दिन पनि म यो क्षेत्रमा जवरजस्त आएको हुँ । दाईले लोडसेडिंग मुक्त काठमाण्डौ बनाउनु भयो म धुलो, धुवाँ र फोहोर मुक्त काठमाण्डौ बनाउने छु ।

पटक पटक टेस्ट भएका उमेर र कामले फेल भएका नेताले अब काठमाण्डौ क्षेत्र नम्वर १ लाई नेतृत्व गर्न सक्दैनन भन्ने प्रष्ट भएपछि काठमाण्डौ क्षेत्र नम्वर १ लाई नेतृत्व गर्ने आटँ मैले गरेको हुँ । लोडसेडिंग र सडक सुधार अभियानमा हामी पास भैसकेका हुनाले म विश्वस्त छु, काठमाण्डौ क्षेत्र नम्वर १ वासीले मलाई पत्याउनु हुन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);