उपत्यकामा माओवादी केन्द्रको उम्मेदवारः जनार्दनका भाइ देखि वर्षमानकी बहिनीसम्म | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

काठमाडौँ, १५ कार्तिक । वाम गठबन्धनमा रहेको माओवादी केन्द्रले उपत्यकाका लागि प्रतिनिधिसभा र प्रदेशसभा उम्मेदवारको नाम सार्वजनिक गरेको छ ।

वाम गठबन्धनको तर्फबाट काठमाडौं १ मा माओवादीका नेता एवम् पुर्व गृह मन्त्रीका सहोदर भाई अनिल शर्मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन् । काठमाडौँ क्षेत्र नं १ मा वाम गठबन्धनका तर्फबाट अनिल शर्मा प्रतिनिधिसभा सदस्य तर्फ कांग्रेस नेता प्रकाशमान सिंह र विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रलाई टक्कर दिनेछन् ।

त्यस्तै प्रदेशतर्फ १ को क मा वर्षमान पुनकी बहिनी सुशीला पुन र ३ को ख मा पूर्व सभासद राजकाजी महर्जन उम्मेदवार बनेका छन् । नारायणमान बिजुक्छेलाई छाड्ने भनिएको भक्तपुर १ मा माओवादीले मिलन सुवाललाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ ।

केही समय अघि अखिल क्रान्तिकारीको महाधिवेशनमा अध्यक्ष उठेका शर्मा रन्जित तामाङसँग पराजित भएका थिए । एमालेले क्षेत्र नं १ मा उम्मेदवारीको दाबी छाडेपछि शर्मा उम्मेदवारीमा चुनिएका हुन् ।

गठबन्धनका नाममा माओवादी नेताहरु वर्षमान पुनकी बहिनी र जनार्दन शर्माका भाइलाई टिकट दिएपछि पार्टीभित्र तीव्र असन्तुष्टि देखिएको छ । यता काठमाडौं क्षेत्र नं ६ बाट झक्कु सुवेदी उम्मेदवार बनेका छन् । त्यस्तै क्षेत्र नम्बर ८ बाट उमेश स्थापित र १० बाट हितमान शाक्य उम्मेदवार तय भएको बताइएको छ।

काठमाडौंमा माओवादीले प्रदेशसभा सदस्यतर्फ जम्मा २ सिट पाएको छ । जसमध्ये काठमाडौं ३ को क मा रुद्र बराईली र १० को ख मा दिलिप महर्जनको नाम तय भएको छ । ललितपुर ३ मा प्रतिनिधिसभातर्फ माओवादी प्रवक्ता पम्फा भुसाल उम्मेदवार बन्ने टुंगो लागेको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);