राजनीतिमा नातावाद: नेताका श्रीमतीदेखि सालो र सम्धीसम्म बने उम्मेदवार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

प्रमख दलले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा राम्राभन्दा हाम्रालाई बाँडे टिकट, नेताका श्रीमतीदेखि सालो र सम्धीसम्म बने उम्मेदवार ।

नेपाली राजनीतिमा नातावादले प्रश्रय पाउँदै

काठमाडौं, १८ कात्तिक । नेपाली राजनीतिमा नातावादले प्रश्रय पाउँदा सक्षम र योग्य व्यक्तिहरु ओझेल पर्दै आएका छन् । संघीय संरचनाअनुसार पहिलो पटक हुन लागेको प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पनि खासगरी प्रमुख दलका नेताले आफन्तलाई नै टिकट बाँडेका छन् । संगठन बलियो भएको स्थानमा प्रत्यक्ष र मध्यम भएको स्थानमा समानुपातिकमा भएपनि दलका नेताले आफन्तलाई टिक दिएका हुन् ।

नेपाली काँग्रेस
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले डडेल्धुराबाट उम्मेदवारी दिएका छन् भने आफ्नी पत्नी आरजु राणालाइ कैलालीबाट प्रतिनिधिसभामा उम्मेदवार बनाएका छन् । कांग्रेस नेता बालकृष्ण खाँण आफू समानुपातिकमा बसेर आफ्नी पत्नी मञ्जु खाँणलाई पनि समानुपातिकमा राखेका छन् ।

नेकपा एमाले

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापाबाट चुनावी मैदानमा उत्रिएका छन् भने आफ्नो सालो जानेन्द्र शाक्यलाई ललितपुर क्षेत्र नम्बर २ बाट प्रदेशसभामा उठाएका छन् ।

एमाले उपाध्यक्ष बामदेव गौतम बर्दियाबाट प्रत्यक्षतर्फ चुनावी मैदानमा छन् । उनले पनि आफ्नी पत्नी तुलसी थापालाई समानुपातिक सूचीमा राखेका छन् ।

एमालेका अर्का उपाध्यक्ष भीम रावल अछामबाट उम्मेदवार बनेका छन् भने आफ्नी पत्नीलाई समानुपातिकमा राखेका छन् ।

त्यस्तै मुख्य मन्त्रीका आकांक्षी एमालेका स्थायी समिति सदस्य शंकर पोखरेलले दाङबाट प्रदेश सभामा उम्मेदवारी दिएका छन् भने श्रीमती सुजिता शाक्यलाई समानुपातिकतर्फको उम्मेदवार बनाएका छन् ।

नेकपा एमालेका नेता माधव कुमार नेपाल काठमाण्डाैँ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाका लागि उम्मेदवार बनेका छन् भने नेपालका सम्धी सोमप्रसाद पाण्डे पाल्पा क्षेत्र नम्बर २ बाटै प्रतिनिधि सभाका लागि उम्मेदवार बनेका छन् ।

एमाले कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठ काठमाडौं–९ बाट निर्वाचन लड्दै गर्दा आफ्नी पत्नी विना श्रेष्ठलाई समानुपातिक सूचीमा राख्न सफल भए ।

त्यस्तै एमाले नेता सुवास नेम्वाङ इलाम क्षेत्र नं २ बाट प्रतिनिधिसभाका लागि उम्मेदवार बनेका छन् भने उनका भाइ बसन्त नेम्वाङले प्रदेशबाट टिकट पाएका छन् । नेम्वाङका ज्वाइ विजय सुब्वा समानुपातिकमा छन् ।

धनुषाबाट उम्मेदवारी दिएका एमाले नेता रघुविर महासेठकी पत्नी जुली महतो पनि समानुपातिक सूचीमा छन् ।

नेकपा माओवादी केन्द्र

यता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफू सहित ज्वाइँ र बुहारीलाई चुनावी मैदानमा उतारेका छन् । दाहालले चिवन ३ बाट उम्मेदवारी दिएका छन् भने बुहारी बिना मगरलाई कञ्चनपुर १ र ज्वाइ जीवन आचार्यलाई मोरङको क्षेत्र नम्बर ६ को क का लागि टिकट दिएका छन् । उनले भाइ नारायण दाहाललाई समानुपातिक सूचीमा राखेका छन् ।

माओवादी केन्द्रको टिकट बाँडफाँड कार्यदलका संयोजक बनेका बर्षमान पुन रोल्पाबाट प्रतिनिधिसभामा चुनाव लड्दै छन् । उनकी पत्नी ओनसरी घर्ती समानुपातिक सूचीमा छन् । पुनकी बहिनी लालकुमारी पुन ललितपुरबाट प्रदेशसभामा चुनाव लड्दै छन् ।

त्यस्तै नेता देब गुरुङ लमजुङबाट प्रतिनिधिसभाका लागि चुनाव लड्दै छन् । उनले आफ्नी पत्नी यशोदा सुवेदीलाई समानुपातिकमा राखेका छन् ।

हितमान शाक्य काठमाडौं १० नं क्षेत्रबाट प्रत्यक्षमा लड्दै छन् । उनले पनि आफ्नी पत्नी अमृता थापामगरलाई समानुपातिकमा राख्न सफल भए । शक्ति बस्नेतले जाजरकोटबाट उम्मेदवारी दर्ता गराएका छन् भने पत्नी सत्या पहाडीलाई समानुपातिक सूचीमा राखिएको छ ।

माओवादी नेता जनार्दन शर्मा रुकुमबाट चुनाव लड्ने भएका छन् उनका भाई अनिल शर्मा काठमाडौं १ बाट चुनाव लड्दै छन् ।

माओवादी केन्द्रकी नेतृ तथा पूर्वमन्त्री रेखा शर्मा समानुपातिक सूचीमा छन् । उनका पति कृष्णध्वज खड्का प्यूठानबाट प्रदेशसभामाा चुनाव लड्दै छन् ।

नेकपा माले

नेकपा मालेका महासचिव सीपी मैनाली र उनकी श्रीमती निलम खड्का पनि समानुपातिक सूचीमा छन् ।

पार्टीमा लामो समयदेखि क्रियाशिल रहेका र योगदान दिएका कतिपय नेता टिकट नपाउँदा निराश छन् । तर पार्टीमा जस्तो सुकै योगदान रहेपनि शीर्ष नेताका आफन्त र आसेपासे भएकै भरमा टिकट पाएका कतिपय भने उत्साहपूर्वक निर्वाचन प्रचार–प्रसारमा लागेका छन् ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);