कांग्रेस पतनको बाटोमा अघि बढेको नेपालको कडा टिप्पणी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

काठमाडैं, १८ कात्तिक । एमाले वरिष्ठ नेता माधव कुमार नेपालले नेपाली कांग्रेस पतनको बाटोमा अघि बढेको टिप्पणी गरेका छन् । रिपोर्टस क्लबले शनिबार राजधानीमा गरेको साक्षात्कारमा बोल्दै नेता नेपालले प्रजातान्त्रिक मुल्य मान्यता पालनामा कमजोर बन्दै गएको नेपाली कांग्रेस पतनउन्मुख भएको टिप्पणी गरे ।

सार्वजनिक कार्यक्रममा सधै शालिन र भद्र अभिव्यक्ति दिने गरेका नेता नेपाल शनिबार नेपाली कांग्रेस प्रति निकै आक्रामक शैलिमा प्रस्तुत भए । नेपाली कांग्रेसलाई विकासको बाधक भन्दै उनले भ्रष्टाचारको वाहक र सुशासनमा सुन्य देखिएको उसको अस्तित्व प्रजापरिषद्को जस्तो हुने दाबी गरे ।

धेरै चुनौतिहरुमा अग्रगामी भुमिका खेल्ने पार्टी नै एमाले भएको भन्दै उनले अनेक परीक्षामा पास हुँदै अघि बढेको माओवादी केन्द्रबीचको एकता स्वभाविक भएको भन्दै उनले त्यसबाट कोही आत्तिनु नपर्ने उल्लेख गरे ।

बामगठबन्धनबाट अत्तालिएको कांग्रेसले चुनावी तालमेल गरे पनि त्यसलाई सम्हाल्न नसकेर बरालिएर दुनियाँको सामु तमासे बनेको भन्दै नेता नेपालले सन्तुलित, संयमित हँुदै लोकतन्त्रको आधार नछोड्न सुझाव दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);