आदर्श लघुवित्तको आइपिओ खुला | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

आदर्श लघुवित्तको आइपिओ खुला

काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले १ असारदेखि सर्वसाधारणका लागि आइपिओ बिक्री खुला गरेको छ । आवेदकहरूले आउँदो ६ असारसम्म आइपिओ भर्न सक्ने छन् । माग बमोजिमको आवेदन नपरे ढिलोमा १५ असारसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीले सर्वसाधारणको लागि प्रतिसेयर एक सय रुपैयाँमा ६७ हजार कित्ता सेयर निष्काशन गरेको छ । आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । जारी गरिएको कित्तामध्ये कम्पनीले ०.५ प्रतिशत अर्थात् एक हजार ३५ कित्ता सेयर कर्मचारीहरूको लागि र पाँच प्रतिशत अर्थात तीन हजार तीन सय ५० कित्ता सेयर सामुहिक लगानी कोषको लागि छुट्याएको छ ।

यी बाहेक बाँकी ६२ हजार ६ सय १५ सय कित्ता सेयर सर्वसाधारणको लागि जारी गरिएको हो । आइपिओ जारी भएसँगै कम्पनीको चुक्ता पुँजी दुई करोड सात लाख पुग्ने छ ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक बैंक अफ काठमाण्डु रहेको छ । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेड ‘घ’ वर्गको प्रदेश स्तरीय लघुवित्त संस्था हो । यसले बागमती प्रदेशको १३ जिल्लामा मात्रै सञ्चालन अनुमति पाएको छ । लघुवित्त २३ मे २०१८ मा समावेश गरिएको भएपनि सन् २०१९ को जनवरीबाट सञ्चालनमा आएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);