घोराही सिमेन्टको आइपीओ खुल्यो, क–कसले भर्न पाइन्छ ? | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २ २०८३, सोमबार

घोराही सिमेन्टको आइपीओ खुल्यो, क–कसले भर्न पाइन्छ ?

IPO-logo_721_420_80_s_c1

काठमाडौं, ३२ जेठ । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले आइपिओ निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रिमियममा सर्वसाधारणका लागि आइपिओ निष्कासन गरेको हो।

केही दिन अघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको सेयर बाँडफाँट गरेको थियो ।

कम्पनीले प्रतिसेयर १ सय रुपैयाँ अंकित मूल्यमा ३३५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ४३५ रुपैयाँका दरले ६९ लाख ११ हजार ६७० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो।

उक्त आइपिओमा न्यूनतम १० कित्तादेखि अधिकतममा १० लाख कित्ताका लागि आवेदन दिन सकिनेछ।

आइपिओमा असार ४ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड र नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ।

 

Leave a Reply