श्रृजनशील लघुवित्तको आईपीओ आजबाट बिक्री खुला | ईमाउण्टेन समाचार

Our Network

मंसिर १८ २०७९, आइतबार

श्रृजनशील लघुवित्तको आईपीओ आजबाट बिक्री खुला

काठमाडौं। श्रृजनशील लघुवित्तले १५ भदौदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो।

यसअनुसार यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले ३ लाख ९३ हजार ७५० कित्ता साधारण सेयर निष्कासन गरेको हो । योमध्ये १९ हजार ६९० कित्ता सामूहिक लगानी कोष र ५ हजार ४७० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी ३ लाख ६८ हजार ५९० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा १९ भदौसम्म आवेदन दिन सकिनेछ । सोअवधिमा सबै सेयर बिक्री नभएमा २९ भदौसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।  लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।

क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङ्स नेपालले श्रृजनशील लघुवित्तलाई ‘केयर एनपी इस्यूअर रेटिङडबल बी माइनस’ प्रदान गरेको छ । यो आइपीओमा सनराइज क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

Leave a Reply