नेप्सेमा राप्ती हाइड्रोको पहिलो कारोबार | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

नेप्सेमा राप्ती हाइड्रोको पहिलो कारोबार

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको पहिलो कारोबार भएको छ । नेप्सेमा बुधबार राप्ती हाइड्रोको पहिलो कारोबार ३ सय १९ रुपैंयामा भएको छ । कम्पनीको आईपीओ मंगलबार नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको थियो ।  कम्पनीको कुल ६१ लाख २७ हजार ९३८ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । जसमा संस्थापक समूहको ३१ लाख ८६ हजार ५२८ कित्ता, सर्वसाधारणको २३ लाख २८ हजार ६१७ कित्ता र स्थानीयको ६ लाख १२ हजार ९७३ कित्ता छन् । पहिलो कारोबारका लागि भने नेप्सेले यो कम्पनीलाई न्यूनतम १०६.३५ रुपैयाँदेखि अधिकतममा ३१९.०५ रुपैयाँ तोकेको छ ।

राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले २९ असारदेखि १ साउनसम्म सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुल्ला गरेको साधारण सेयर बुधबार (१५ भदौ) देखि दोस्रो बजार कारोबार सुरु भएको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका २३ करोड ६६ लाख बराबरको २३ लाख ६६ हजार २४० कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये ७० हजार ९८८ कित्ता सेयर कर्मचारीहरुका लागि, १ लाख १८ हजार ३१२ सेयर सामूहिक लगानी कोषका लागि र बाँकी २१ लाख ७६ हजार ९४० कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो । सो  २ लाख १७ हजार ६ सय ९४ जना लगानीकर्ताहरूले १० कित्ता सेयर हात पारेका थिए  ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);