लक्ष्मी बैंकले शुभलक्ष्मी कोष योजनाको इकाइ निष्कासन गर्ने | ईमाउण्टेन समाचार

Our Network

असार २ २०८३, बुधवार

लक्ष्मी बैंकले शुभलक्ष्मी कोष योजनाको इकाइ निष्कासन गर्ने

काठमाडौं। लक्ष्मी बैंकको सहायक कम्पनी लक्ष्मी क्यापिटलले १९ साउनदेखि शुभलक्ष्मी कोष योजनाको इकाइ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ।

लक्ष्मी बैंक कोष प्रवर्द्धक र लक्ष्मी क्यापिटल योजना व्यवस्थापक रहेको शुभलक्ष्मी कोष लक्ष्मी म्युचुअल फन्डअन्तर्गत रहेको खुलामुखी योजना हो ।क्यापिटलले प्रति इकाइ मूल्य १० रुपैयाँको दरका पाँच करोड इकाइमध्ये ७५ लाख वा १५ प्रतिशत कोष प्रवर्द्धक लक्ष्मी बैंकलाई, चार करोड २५ लाख इकाइमध्ये पहिलो चरणमा सर्वसाधारणका लागि एक करोड ७५ लाख इकाइ बिक्री खुला गर्न लागेको हो।

उक्त फण्डको इकाइमा छिटोमा २३ साउनसम्म र ढिलोमा २ भदौसम्म आवेदन दिन सकिनेछ । एक सय इकाइदेखि ५० लाख इकाइसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ।

Leave a Reply

ताजा समाचार