‘सनराईज फष्ट म्युचुअल फण्ड’ बाट सेयर बजारमा लगानी | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

‘सनराईज फष्ट म्युचुअल फण्ड’ बाट सेयर बजारमा लगानी

काठमाडौं, ७ असोज । सनराईज बैंकले सनराईज क्यापिटलको व्यवस्थापनमा संचालनमा आएको ‘सनराईज फष्ट म्युचुअल फण्ड’ बाट सेयर बजारमा दीर्घकालीन सोचका साथ लगानी गर्ने जनाएको छ ।

बैंकले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आगामी असोज ८ गतेदेखि एक अर्व रुपैयाँ बराबरको १० करोड इकाई युनिट सर्वसाधारणका लागि बिक्री खुला गर्न लागिएको जानकारी गराएको हो ।

सेयर बजारमा लगानी गर्ने सही समयमा फन्ड संचालन गर्न लागिएकाले सो फण्डले उचित प्रतिफल दिने सनराईज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले दावी गर्नु भयो ।

बैंकले सेयर बजार नघट्ने निष्कर्ष निकाल्दै लगानीकर्ताहरुलाई सो फण्डबाट वार्षिक २४ प्रतिशत प्रतिफल र औंसत वार्षिक १४ प्रतिशत लाभांश दिने प्रक्षेपण पनि गरेको छ ।

सनराईज फण्डले कूल निष्काशन गर्न लागेको १० करोड ईकाई मध्ये १५ प्रतिशत ९१ करोड ५० लाख प्रवर्द्धक सनराईज बंैकलाई सुरक्षित गरेको छ भने बाँकि ८ करोड ५० लाख ईकाई सर्वसाधारणका लागि विक्री गर्न लागिएको पनि सनराईज क्यापिटलले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);