माथिल्लो तामाकोसी हाइड्रोपावरले साधारण शेयर जारी गर्ने | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

माथिल्लो तामाकोसी हाइड्रोपावरले साधारण शेयर जारी गर्ने

mathillo tama kosi

काठमाडौं, १६ माघ । माथिल्लो तामाकोसी हाइड्रोपावर कम्पनीले साधारण शेयर जारी गर्ने भएको छ । स्वदेशी लगानीमा निर्माण भइरहेको आयोजनाले २ अर्ब ६४ करोड ७५ लाख रुपैयाँको शेयर निष्कासन गर्ने भएको हो ।

कम्पनीले निष्कासन गर्न लागेको उक्त शेयरलाई इक्रा नेपालले ग्रेड फोर रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय अवस्था औसतभन्दा कमजोर रहेको संकेत गर्दछ । कम्पनीले शेयर निष्कासनका लागि कात्तिक १० मा नियामक निकाय धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयलाई जारी पुँजीको १० प्रतिशत अर्थात एक अर्ब ५ करोड ९० लाख रुपैयाँ बराबरको एक करोड ५ लाख ९० हजार कित्ता र १५ प्रतिशत अर्थात एक अर्ब ५८ करोड ८५ लाख रुपैयाँको एक करोड ५८ लाख ८५ हजार कित्ता शेयर सर्वसाधारणका लागि जारी गर्न लागेको हो ।

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नागरिक लगानी कोष र सनराईज क्यापिटल रहेका छन् । दोलखामा निर्माणाधीन ४ सय ५६ मेगावाटको आयोजनाले २०७४ भित्रै शेयर निष्कासन तथा बाँडफाँड गरिसक्ने जानकारी दिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);