स्रोत नखुलेको धनलाई बैध बनाउन नहुनेमा अर्थविदको जोड | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

स्रोत नखुलेको धनलाई बैध बनाउन नहुनेमा अर्थविदको जोड

money

काठमाडौं, १६ माघ । अर्थविदहरुले स्रोत नखुलेको धनलाई बैध बनाउन नहुनेमा जोड दिएका छन् । स्रोत नखुलेको पैसा लगानी गर्ने हो भने त्यसले मुलुकमा आर्थिक अनुसाशन हिनता बढाउनुको साथै घोषित रुपमा नै भ्रष्टाचारलाई संरक्षण पुग्ने भन्दै अर्थविद्ले त्यसमा विमति जनाएका हुन् ।

मंगलबार रिपोर्टस क्लबमा आयोजित कार्यक्रममा अर्थविद्हरुले स्रोत विनाको धन प्रयोगमा सहज पार्ने वित्तिकै राजनीतिक दलका नेता, व्यवसायी लगायत सबैलाई सबै किसिमको छुट मिल्ने र अन्तत कर छल्ने प्रवृत्ति बढ्दै गएर भ्रष्टाचार बढ्ने बताएका हुन् ।

अर्थविद् एवं राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष डाक्टर शंकर शर्माले स्रोत नखुलेको धन भित्र्याउन प्रोत्साहन गर्दा कर्मचारी, राजनीतिक कर्मी, गुण्डागर्दी र धम्क्याएर आर्जन गरेको पैसा पनि बैध हुने भन्दै कुनै पनि अवस्थामा त्यसो गर्न नहुनेमा जोड दिए ।

भावी सरकारको नेतृत्व गर्ने क्रममा रहेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमबार चेम्बर अफ कमर्शका प्रतिनिधिसंग मनिलाउन्ड्रिङ कानुन फेर्नुपर्छ भन्ने अभिव्यक्ति दिएपछि वित्तिय क्षेत्रमा यो विषयले चर्चा पाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);