बुद्धभूमिकाे आईपीओमा आजदेखि आवेदन दिन सकिने | ईमाउण्टेन समाचार

Our Network

चैत ८ २०८०, बिहीबार

बुद्धभूमिकाे आईपीओमा आजदेखि आवेदन दिन सकिने

ipo

काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावरले आज साेमबारबाट सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) बिक्री सुरु गरेकाे छ । कम्पनीले एक सय रुपैयाँ अंकित ८ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न लागेको हो । 

कम्पनीले ८ लाख कित्ता आईपीओ निस्काशन गर्नेछ। कम्पनीले निस्काशन गरेको कुल सेयरमध्ये २ प्रतिशत अर्थात् १६ हजार कित्ता सेयर कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् ४० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । सर्वसाधारणले बाँकी ७ लाख ४४ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीको उक्त सेयरमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५० हजार कित्ता सेयर खरिदका लागि आवेदन दिनुपर्नेछ । सो सेयरमा सर्वसाधारणले असोज १४ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिमा पूर्ण आवेदन नपरेमा २५ असाेसम्म आवेदन दिने मिति लम्बिने कम्पनीको धितोपत्र निस्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेडले जनाएको छ । 

कम्पनीको आईपीओमा सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि-आस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। 

आईपीओ निस्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपि आईआर डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीले वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);