ङादी ग्रुपको एक करोड कित्ता हकप्रद सेयरमा आवेदन दिने अन्तिम दिन | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

ङादी ग्रुपको एक करोड कित्ता हकप्रद सेयरमा आवेदन दिने अन्तिम दिन

काठमाडौं। ङादी ग्रुप पावरको हकप्रद सेयरमा आवेदन दिने मंगलबार अन्तिम दिन रहेको छ । कम्पनीले साउन १८ गतेबाट आफ्ना सेयरधनीहरूलाई हकप्रद सेयर बिक्री खुला गरेको थियो ।

कम्पनीले १५० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको छ । जसअनुसार कम्पनीले १०० अंकित दरका कुल एक करोड ६ लाख तीन हजार ९८६ कित्ता हकप्रद सेयर बिक्री गर्नेछ ।

यो हकप्रदमा आज बैंकिङसम्म आवेदन दिन सकिने धितोपत्र बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ । लगानीकर्ताले मेरो सेयरबाट अनलाइन आवेदन दिन पाउनेछन् । धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था, सिद्धार्थ क्यापिटलको कार्यालय र सिद्धार्थ बैंकका शाखाहरू विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, नेपालगन्ज, धनगढी र सुर्खेतबाट पनि आवेदन दिन सकिनेछ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);