सिन्धु विकास बैंकले संस्थापक समूहको सेयर मंगलबार देखि पुनः लिलामीमा बिक्री खुला | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सिन्धु विकास बैंकले संस्थापक समूहको सेयर मंगलबार देखि पुनः लिलामीमा बिक्री खुला

sindhu-1

काठमाडौं, ३ माघ । सिन्धु विकास बैंकले संस्थापक समूहको सेयर मंगलबार देखि पुनः लिलामीमा बिक्री खुला गरेको छ । बैंकले ५ लाख ३८ हजार ३०२.४० कित्ता संस्थापक सेयर सर्वसाधारणले पनि किन्न पाउने गरी लिलामी खुला गरेको हो ।

यसअघि बैंकले पुस ४ देखि १२ गतेसम्म संस्थापक समूहको ५ लाख ६६ हजार ८७२.४० कित्ता र सर्वसाधारण समूहको १ लाख ४२ हजार १०२.६० कित्ता गरी कुल ७ लाख ८ हजार ९ सय ७५ कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको थियो । यसमध्ये ५ लाख ३८ हजार ३०२.४० कित्ता संस्थापक सेयरमा आवेदन नपरेपछि बैंकले सर्वसाधारणले भर्न पाउने गरी पुनः लिलामीमा ल्याएको हो ।

लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर माघ १० गतेसम्म बोलपत्र पेश गनुपर्नेछ । यसअघि सिन्धुले भदौ १८ देखि कात्तिक ५ गतेसम्म २० लाख ९७ हजार ५४० कित्ता ८०% हकप्रद सेयर बिक्री खुला गरेको थियो । त्यस समयमा आवश्यकता अनुसार हकप्रद सेयर नबिकेपछि बैंकले बाँकी रहेको सेयर लिलामीमा ल्याएको हो ।

बिक्री प्रबन्धक एनआइबीएल क्यापिटल मार्केट्स लाजिम्पाट काठमाडौं तथा शाखा कार्यालयहरु लगनखेल ललितपुर र चिप्लेढुंगा पोखराबाट पनि आवेदन दिन सकिनेछ । त्यसैगरी, नेपाल इन्भेष्टमेन्ट बैंकको विराटनगर, सुर्खेत, वीरगञ्ज, नेपालगञ्ज, बुटवल, नारायणगढ र धनगढीबाट पनि आवेदन दिन सकिनेछ । हाल सिन्धुको चुक्ता पुँजी २६ करोड २१ लाख ९२ हजार रुपैयाँ छ ।

लिलामी बिक्रीपछि भने बैंकको चुक्ता पुँजी ४७ करोड १९ लाख ४६ हजार ५०० रुपैयाँ पुग्नेछ । चालु आर्थिक वषको पहिलो त्रैमासमा बैंकले १० लाख ९५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी १ रुपैयाँ ६८ पैसा (वार्षिक) रहेको सिन्धुको प्रतिसेयर नेटवर्थ भने १४४ रुपैयाँ ४५ पैसा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);