भृकुटिमण्डपमा जारी शिखर सुज मेलामा अवलोकनकर्ताको भिड | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

भृकुटिमण्डपमा जारी शिखर सुज मेलामा अवलोकनकर्ताको भिड

काठमाडौं, २ माघ । काठमाडौको भृकुटिमण्डपमा जारी शिखर सुजको विन्टर सेल मेला एक सातादेखि सञ्चालनमा छ। मेलामा ६ सय भन्दा धेरै डिजाइनका जुत्ताचप्पल रहेको आयोजकले जानकारी दिएको छ।

यो मेलामा जुत्ताचप्पल खरिद गर्दा १५ देखि ७० प्रतिशत छुट रहेको छ। बजारमा ५ सय रुपैयाँ प्रतिजोरमा बिक्री हुने चप्पल मेलामा दुई जोर ४ सय रुपैयाँमा बिक्री भइरहेको छ। बजारमा ७ सय रुपैयाँ पर्ने क्याजुअल सुज ४ सय रुपैयाँमा, १५ सयदेखि २५ सय रुपैयाँ पर्ने स्पोर्टस सुज १ हजार रुपैयाँमा बिक्रि भैरहेको छ। स्वदेशी ब्राण्डलाई प्रवद्र्धन गर्ने उदेस्यले आयोजना गरिएको मेलामा अवलोकन गर्नेको भिड लागेको आयोजकले बताएको छ ।

पुष २२ गतेदेखि सुरु भएको मेला माघ ६ गतेसम्म सञ्चालनमा रहने छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);