कैलालीका महिलाहरु च्याऊ खेतीतर्फ आकर्षित | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

कैलालीका महिलाहरु च्याऊ खेतीतर्फ आकर्षित

पाण्डव पुजारा
कैलाली, २ माघ । कैलालीको धनगगढी उपमहानगरपालिका–१४ फूलबारी घाँगलटोलका महिलाहरु च्याऊ खेतीतर्फ आकर्षित भएका छन् । साना तथा मझौला कृषक आयस्तर बृद्धि आयोजनाको आर्थिक सहयोगमा महिलाहरुले च्याउ खेती सुरु गरेका हुन् । तर उत्पादन गरेको च्याउको बजारीकरण गर्न असहज भएको कृषकको गुनासो छ ।

धनगगढी उपमहानगरपालिका १४ फूलबारी घाँगलटोलका महिलाहरु च्याउ खेतीमा सक्रिए भएका छन् । च्याउ खेतीबाट आयस्तर बढाउनुको साथै रोजगार सृजना गर्ने उद्दश्यले महिलाहरुले च्याउ खेती सुरु गरेका हुन् । तर उत्पादन गरेको च्याउले बजार नपाएको उनीहरुको गुनासो छ ।

तालिम लिएर व्यवसायीक रुपमा महिलाले च्याउ खेती सुरु गरेका हुन् । तर प्रचार प्रसार नहुँदा च्याउले बजार पाउन नसकेको उनीहरुको गुनासो छ ।
च्याउ खेतीका लागि करिब ४ लाख बढि लागत लाग्ने भएकाले ओम केदार च्याउ तथा तरकारी फर्म जुगेडाले २ लाख ७७ हजार अनुदान दिने गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);