च्याउ खेतीबाटै करोडपति | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

च्याउ खेतीबाटै करोडपति

तेज बोहरा

कैलाली, १३ मंसिर । मेहेनत र आँट भए नेपालमै त्यो पनि कृषि पेशाबाटै करोडपति बन्न सकिन्छ भन्ने उदाहरण कैलालीका एक युवाले देखाएका छन् । धनगढी उप–महानगरपालिका १२ जुगेडाका कमल बहादुर घर्ति मगरले डेढ सय लगानीबाट सुरु गरेको च्याउ खेतिको आम्दानी डेढ करोड रुपैयाँ पुराएका छन् ।

कैलाली धनगढी उप–महानगरपालिका १२ जुगेडाका कमल अहिले च्याउ खेतीमा मग्न छन् । दश कक्षा पढ्दा देखि नै उनी च्याउ खेतिमा लागी परेका थिए । अहिले उनी च्याउ खेतीको राजा नै बनेका छन् ।

२०६५ सालमा डेढसय रुपैयाँ लगानीमा सुरु गरिएको च्याउ खेती अहिले बार्षिक डेढ करोड रुपैयाँको कारोबारमा आइपुगेको छ । २०७१ सालमा औपचारीक रुपमा केदार तरकारी तथा च्याउ उत्पादन फार्म दर्ता गर्दै व्यवसायलाई अगाडी बढाएको उद्यमी कमल बहादुर घर्ति मगरले हाल च्याउ उत्पादन फार्ममा मात्रै ६० लाख रुपैयाँको लगानी गरेका छन्

गत बर्ष मात्रै बिस टन च्याउ उत्पादन गरेका उनले यस बर्ष भने ५० टन उत्पादनको लक्ष्य लिएका छन् । डेढ बिघा जमिन लिजमा लिएको र दश कट्ठा आफ्नै जग्गामा सञ्चालन गरेको व्यवसायबाट दैनिक ५ क्विन्टल च्याउ उत्पादन गर्ने उनको लक्ष्य छ ।

फार्ममा उत्पादन भएको च्याउ विभिन्न परीकार बनाएर नेपालका ठुला बजार सहित भारतीय बजारमा समेत उनको उत्पादनले बजार पाउन थालेको छ । काठमाडौ, बुटवल, नेपालगन्ज देखी भारतको पलिया लगाएत सहरबाट अडर आउन थालेपछि माग पुर्याउन समेत धौधौ परेको उनको भनाई छ ।

च्याउको बजारीकरण सहित भौतिक पुर्वाधारहरुको समस्या झेल्दै आफ्नो उद्यमलाई उनले अघि बढाएका थिए । तर चुनौतीकै चाङमा खुसी मिल्छ भन्ने भनाईलाई उनले अहिले चरितार्थ गरिदिएका छन् ।

सरकारले च्याउ प्रशोधन गर्ने प्रविधि उपलब्ध गराए देखि घर्तीमगरको आँट अझ दरिलो बनेको छ । अन्य उद्यमीले उत्पादन गरेको च्याउ समेत खरीद गरि प्रशोधन गर्ने र प्रशोधित च्याउ अन्तर्राष्ट्रिय बजारमा पुर्याउने प्रदेश सरकारको योजना रहेको छ ।

एक करोड आठ लाख लगानिमा सञ्चालन भएको च्याउ प्रशोधन फार्म बुधबार मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);