हजार रुपैयाँको लगानीबाट सुरु गरेको च्याउ खेतीले बनायो करोडपति | ईमाउण्टेन समाचार

Our Network

चैत १७ २०८०, शनिबार

हजार रुपैयाँको लगानीबाट सुरु गरेको च्याउ खेतीले बनायो करोडपति

prem bhatta krishak

श्रवण देउवा
कैलाली, ३० कात्तिक । पछिल्लो समयमा देशमा रोजगारीको अवसर नभएको भन्दै दैनिक सयौं यूवा विदेश पलायन भईरहेका छन् । तर, कंचनपुरका एक यूवाले मेहेनत र परिश्रम गरे स्वदेशमा पनि मनग्गे आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेका छन् ।

कुनै समयमा एक हजार रुपैयाँसम्म जुटाउन नसक्ने प्रेमराज भट्ट अहिले कंचनपुरमा अव्बल किसानको रुपमा चर्चित छन् । भट्टले करीब ६ वर्ष अघि १ हजार रुपैयाँ लगानीबाट शुरु गरेको च्याउ खेतीले अहिले उनीलाई करोड पति मात्र बनाएको छैन, सफल उद्यमी समेत बनेका छन् ।

भट्टले २०६८ सालमा घरको पछाडी सानो छाप्रो बनाएर च्याउ खेती सुरु गरेका थिए । अहिले त्यो बढेर कैलालीको चुरे गाउँपालिका–३, खानीडाँडामा २० टनेल र गोदावरी नगरपालिका–२, तेघरीमा ६ टनेलमा च्याउ खेती गरिरहेका छन् । भट्टले च्याउ खेतीबाट मात्र बार्षिक १० लाख बढी आम्दानी गरिरहेका छन् ।

वि.स. २०७१ सालमा एक बिघा क्षेत्रफलबाट सुरु गरिएको कुरिलो खेती अहिले ७ बिघामा फैलिएको छ । भट्टले अहिले कैलालीको गोदावरी नगरपालिका–२, तेघरीमा एक बिघा र लालपुरमा ६ बिघामा कुरिलो खेती गरिरहेका छन् । यता, उद्यमी भटट्ले २०७० सालमा घरको पछाडी सानो खोर बनाएर पाँच सय कुखुरा पालनबाट व्यवसाय शुरु गर्नुभएको अहिले आठ हजार कुखुरा पालन गरिरहेका छन् ।

त्यतिमात्र हैन, २०७२ सालमा आफ्नो घर रहेको स्थानमा शुरु भएको बंगुर पालन व्यवसाय अहिले बढेर ५० बढी पुगेको छ । १५ लाख रुपैयाबाट शुरु गरिएको पि.के. पोल्ट्री एण्ड कृषि सप्लायर्स अहिले करोड माथीको छ । त्यसैगरी, त्यसभेगका कृषकहरुलाई कुखुरा पालक, बंगुर पालक तथा च्याउ खेती र कुरिलो खेती ज्ञात भनेर चिनिने तथा त्यस सम्बन्धी सम्वन्धी तामिल समेत दिन्छन् भटट् । तर, तालिम बापत पैसा भने नलिने गरेको भट्ट बताउँछन् ।

कृषि पेशालाई आँगालेदेखि नै जीवन परिवर्तन भएको भनाई छ प्रेमराजको । यो पेशामा हात हालेको छोटो समयमै सन्तोषजनक भएको बताउँने प्रेमराज तरिका जाने कृषि कर्ममा घाटाको व्यापार नहुने समेत दावी गर्छन । कुषि पेशाबाट सफल बन्दै गएका भटट्को सरकारले सहयोग नगरेको गुनासो छ ।

पहुँचका आधारमा कृषिको अनुदान दिईने परम्पराले आफूजस्ता वास्तविक किसान मारमा परेको प्रेमराजको भनाई छ । सफलताको बाटो सहज त छैन, एक कृषकले कर्मशिल भई काममा लागेमा सफलता त्यति टाढा पनि छैन ।

कुनै पनि व्यवसाय गर्दा चुनौति र असहजता आउन सक्छ तर काम प्रति दृढ भएर लागेमा जस्तोसुकै चुनौतिको सामना गर्दै सफलताको शिखर चुक्न पनि त्यति गार्हो नहुने प्रेमराजको भनाई छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);