काठमाडौं ल्याईंदै गरेका १० बालबालिकाको उद्धार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

काठमाडौं ल्याईंदै गरेका १० बालबालिकाको उद्धार

बाजुरा, ३० कात्तिक । बाजुराको बुढीनन्दा नगरपालिकाबाट काठमाडौं ल्याईदै गरेका १० बालबालिकाहरुलाई जिल्ला प्रहरी कार्यालय बाजुराले उद्धार गरेको छ ।

जिल्लाको बुढीनन्दा नगरपालिकामा रहेका अतिविपन्न दलित परिवारका बालवालिकाहरुलाई काठमाडौंमा लगेर पालन पोषण र पढाई दिने भन्दै मार्तडीमा ल्याइएको अवस्थामा प्रहरीले उद्धार गरेको हो ।

प्रहरीले उद्धार गरेका बालवालिकालाई सामान्य सोधपुछ पछि अभिभावकको जिम्मा लगाएको छ । बाजुराका प्रहरी प्रमुख उद्धब सिंह भाटले बालवालिकालाई काठमाडौंमा लैजाने विरबहादुर लुहारलाई समेत नियन्त्रणमा लिएको थियो ।

तर, लुहारले अभिभावकको अनुमति लिएको र जिल्लामा अन्य सरकारी कार्यालयको अनुमति नलिएकाले सामान्य सोधपुछ पछि छोडिएको प्रहरी प्रमुख सिंहले बताए ।

पछिल्लो समयमा बालबालिकाहरु बेचबिचनमा पर्ने खतरा बढेपछि सरकारले बालबालिकालाई एक जिल्लाबाट अर्को ठाउँमा लैजान विधि र प्रक्रिया पु-याउनु पर्ने कानुनी व्यवस्था गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);