डान्सवारवाट अठार बर्ष मुुनिका ३५ जना बालबालिकाको उद्धार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

डान्सवारवाट अठार बर्ष मुुनिका ३५ जना बालबालिकाको उद्धार

काठमाडाैं, १७ कात्तिक । महानगरीय प्रहरी परीसर काठमाडौंले डान्सवारवाट अठार बर्ष मुुनिका ३५ जना बालबालिकाको उद्धार गरेको छ । शुक्रवार राति महानगरीय प्रहरीले ठमेलको डान्सवारबाट बालबालिकालाई उद्धार गरेको महानगरीय प्रहरी प्रमुुख बसन्त कुमार लामाले बताए।

प्रहरी प्रमुुख लामाले बेभो डान्स वार एण्ड लाउन्स र क्विन्स डान्सवार संचालकलाई समेत  प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिएका छन् । पक्राउ परेका बार संचालकलाई बालबालिका बिरुद्धको कसुुर संबन्धि ऐन २०७५ अनुुसार मुुद्धा चलाईने तयारी भैरहेको महानगरीय प्रहरी परीसरले जनाएको छ ।

उद्धार गरिएकाहरुमध्ये १८ बर्ष मुुनिका १४ बालीका र २१ बालक रहेको महानगरिय प्रहरीले जानकारी दिएको छ । उद्धार गरिएका बालबालिकालाई आफन्तको जिम्मा लगाइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);