रेलको इन्जिन र डिब्बा भाडामा लिएर सञ्चालन गर्ने तयारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

रेलको इन्जिन र डिब्बा भाडामा लिएर सञ्चालन गर्ने तयारी

metro train

काठमाडाैं, १७ कात्तिक । रेल विभागले जनकपुर जयनगर रेल ट्रयाकमा रेलको इन्जिन र डिब्बा भाडामा लिएर सञ्चालन गर्ने तयारी गरेको छ । आगामी महिना देखि पुर्णतया संञ्चालनमा आउने गरि जनकपुर जयनगर रेलवे ट्रयाक निर्माणको काम भईरहेको छ । ट्रयाक बनेपनि रेलको इन्जिन, डिब्बा र आवश्यक जनशक्तिको प्रबन्ध गर्न नसक्दा सुरुवाती चरणमा तेश्रो पक्षसंग भाडामा लिनुपर्ने अवस्था श्रृजना भएको हो ।

तत्कालका लागि रेल संञ्चालनको पुरै जिम्मा तेश्रो पक्षलाई दिने वा रेलको इन्जिन, डिब्बा लगायत आवश्यक सामाग्री सहितको जनशक्ति तेश्रो पक्षबाट भाडामा लिएर रेल संञ्चालन गर्ने भन्ने बारेमा विभागले अन्तिम निर्णय भने गरिसकेको छैन ।

तर तत्कालका लागि रेल सेवा संञ्चालन गर्न आवश्यक इन्जिन, डिब्बा लगायत जनशक्ति पनि नभएकाले भाडामा लिनुको विकल्प नभएको रेल विभागका प्रवक्ता समेत रहेका सिनियर डिभिजन इन्जिनियर अमन चित्रकारले बताए ।

प्रवक्ता चित्रकारले दीर्घकालिन रुपमा रेल सेवा सञ्चालनका लागि ट्रेनसेट किन्नुपर्ने र आवश्यक जनशक्ति पनि तयार पार्नुपर्ने भएकाले त्यसतर्फ लगानी बढाउनुपर्ने बताए ।

पहिलो चरणमा धनुषाको जनकपुर नजिक कुर्धा देखि भारतको जयनगर सम्मको रेल ट्रयाकको स्तरोन्नतिको काम भईरहेको हो । यो खण्डको रेल ट्रयाक स्तरोन्नतीको काम आगामी महिना सकिँदैछ ।

दोश्रो चरणमा धनुषाको कुर्थादेखि महोत्तरीको भंगाहासम्म र तेश्रो चरणमा महोत्तरीको भंगहादेखि बर्दिबाससम्म रेल ट्रयाक निर्माण गरिने छ । त्यसपछि महोत्तरीको बर्दिवासबाट जनकपुर हुँदै जयनगरसम्म रेल संचालन हुने छ ।

यसका साथै जोगबनी विराटनर, नौतनवा भैरहवा र नेपालगञ्ज रोड देखि नेपालगञ्जसम्म पनि नेपाल भारत जोड्ने अन्तरदेशिय रेलवे सेवा संचालन गर्ने योजना छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);