एनसीसी बैंकको २६ लाख ३४ हजार कित्ता सेयर लिलामीमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

एनसीसी बैंकको २६ लाख ३४ हजार कित्ता सेयर लिलामीमा

काठमाडौं। एनसीसी बैंकले १ असारबाट २६ लाख ३४ हजार १३६ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरिरहेको छ।

यस लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन्। यसमा न्यूनतम १४२ रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ।लगानीकर्ताले न्यूनतम एक हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन्। यसमा १५ असारसम्म आवेदन दिन मिल्नेछ। बिक्री प्रबन्धक सनराइज क्यापिटल, कमलपोखरी काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ। लिलामी सेयरको शिलबन्दी १६ असार बिहान ११ बजे सनराइज क्यापिटल कमलपोखरी काठमाडौंमा खोलिनेछ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);