नेसनल माइक्रोफाइनान्सको संस्थापक सेयर लिलामी बिक्री खुला | ईमाउण्टेन समाचार

Our Network

असोज २३ २०८३, शनिबार

नेसनल माइक्रोफाइनान्सको संस्थापक सेयर लिलामी बिक्री खुला

काठमाडौं। नेसनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आज बिहीबार (भदौ ३० गते) देखि १७ हजार ९४३ कित्ता संस्थापक सेयर लिलामीमा बिक्री खुला गरेको छ ।यसमा कम्पनीले प्रतिकित्ता सेयरको न्यूनतम भाउ ७५० रुपैयाँ तोकेको छ । तसर्थ, लगानीकर्ताले ७५० रुपैयाँलाई आधार मानेर सो भन्दा बढी मूल्य कबोल गरी लिलामी बोलपत्र पेश गर्नुपर्नेछ । यसमा लघुवित्तका विद्यमान संस्थापक सेयरधनी वा जो कोही व्यक्ति, कम्पनी,संघ र संस्थाहरुले  आवेदन दिन सक्नेछन् । न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ ।  बोलपत्र पेस गर्ने अन्तिम म्याद असोज ५ गतेसम्म तोकिएको छ । लगानीकर्ताले संस्थाको बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल, काठमाडौंमा पुग्ने गरी गोप्य शिलबन्दी बोलपत्र बुझाउन सक्नेछन् ।

लघुवित्तका विद्यमान संस्थापक सेयरधनीलाई प्राथमिकता दिई यसअघि आवेदन खुला गरिएको थियो । तर सो अवधिमा आवेदन नपरेको हुनाले लिलामीमा ल्याइएको हो ।

Leave a Reply

ताजा समाचार