नेपाल टेलिकमले मंगलबारबाट नगद लाभांश वितरण सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

नेपाल टेलिकमले मंगलबारबाट नगद लाभांश वितरण सुरु

NTC

काठमाडौं, ३ माघ । नेपाल दूरसञ्चार कम्पनी नेपाल टेलिकमले मंगलबारबाट ५५% नगद लाभांश वितरण सुरु गरेको छ । आफ्नो डिम्याट खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीले खातामै नगद लाभांश पाउने भएका छन् ।

कम्पनीले बुक क्लोज हुने दिन पुस १६ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गराइसकेका सेयरधनीहरुको नगद लाभांश बैंक खातामा जम्मा गरिदिन सुरु गरेको हो । यता, हालसम्म पनि आफ्नो सेयर भौतिक रुपमा राखेका सेयरधनीले सेयर डिम्याट गरी बैंक खाता अद्यावधिक गराएपछि मात्र लाभांश पाउने भएका छन् ।

यसैगरी, सेयर धितोमा राखेका सेयरधनीले सम्बन्धित बैंक वा वित्तीय संस्थाबाट स्वीकृति पत्र लिएर एनएमबि क्यापिटलमा पेश गरेपछि लाभांश बैंक खातामा पाउनेछन् । टेलिकमले वर्षेनी लगानीकर्तालाई आकर्षक नगद लाभांश दिंदै आएको छ । गत वर्ष पनि टेलिकमले ५१% नगद लाभांश दिएको थियो ।

पुस ३० गते सम्पन्न सभाले ५५% नगद लाभांश प्रस्ताव पारित गरेको थियो । हाल दूरसञ्चार कम्पनीको चुक्ता पुँजी १५ अर्ब रुपैयाँ छ । यो कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४ अर्ब ५ करोड ६५ लाख ३८ हजार ७४ रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी आम्दानी १०८ रुपैयाँ १७ पैसा रहेको दूरसञ्चारको प्रतिसेयर नेटवर्थ ६४३ रुपैयाँ ८४ पैसा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);