धितोपत्र निष्कासन अनुमति संख्यामा वृद्धि | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

धितोपत्र निष्कासन अनुमति संख्यामा वृद्धि

dhitopatra

काठमाडौं, २३ माघ । चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा धितोपत्र निष्कासन अनुमति पाएका कम्पनीको संख्या बढी देखिएको छ । नेपाल धितोपत्र बोर्डका अनुसार सेयर निष्कासन अनुमति संख्या गत वर्षको तुलनामा ६ दशमलव ९ तथा रकममा ३० दशमलव ४ प्रतिशतले वृद्धि भएको हो ।

यस अवधिमा धितोपत्र बोर्डले ४६ वटा संस्थालाई २७ अर्ब ७६ करोड रुपैयाँ बराबरको धितोपत्र निष्काशनको अनुमति दिएको छ । यीमध्ये नौवटा कम्पनीको २ अर्ब ८६ करोड रुपैयाँको आइपीओ तथा तीनवटा कम्पनीको २ अर्ब ६७ करोड रुपैयाँको एफपीओ छ । यस्तै, चारवटा सामूहिक लगानी कोषलाई ४ अर्ब ७० करोड रुपैयाँको म्युचुअल फन्डका इकाई बिक्री गर्न पनि अनुमति दिइएको छ । बोर्डका अनुसार ३० वटा कम्पनीले १७ अर्ब ५३ करोड रुपैयाँको हकप्रद सेयर निष्काशनको अनुमति पाएका छन् ।

चालू आर्थिक वर्षको ६ महिनाको अवधिमा बोर्डले ३० वटा कम्पनीको ७ अर्ब ८२ करोड रुपैयाँ बराबरको बोनस सेयर दर्ता गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ५२ वटा कम्पनीको १० अर्ब ८९ करोड रुपैयाँ बराबरको बोनस सेयर दर्ता गरिएको थियो । सार्वजनिक निष्कासन अनुमति दिने प्रकृयालाई थप छरितो बनाउँदै लगिएको बोर्डले बताएको छ ।

आइपीओ, एफपीओ तथा हकप्रद सेयर निष्कासन अनुमतिका लागि कागजात प्राप्त भएको मितिले ७ दिन भित्र आवश्यकता अनुसार सुझाव दिने गरिएको छ । सुझाव अनुसार आवश्यक सुधार गरी कागजात प्राप्त भएको ५ दिनभित्र निष्कासन अनुमति प्रदान गरिंदै आएको छ । चालु आर्थिक वर्षको ६ महिना अवधिमा १५ वटा संस्थाले आइपीओ निष्कासनका लागि धितोपत्र बोर्डमा आवेदन दिएकामा ५ कम्पनीको विवरणपत्र तथा अन्य कागजात अध्ययनका क्रममा रहेको छ भने थप १० वटा कम्पनीहरुको विवरणपत्रमा आवश्यक सुधार गर्न बोर्डले भनेको छ ।

त्यसैगरी, १७ कम्पनीले हकप्रद सेयर जारी गर्न आवेदन दिएकामा तीन वटा संस्थालाई अनुमति दिने प्रकृया अन्तिम चरणमा पुगेको छ । बोर्डका अनुसार थप तीन कम्पनीको आवश्यक काजगपत्रहरु अध्ययन भइरहेको छ भने अन्य ११ कम्पनीको हकप्रद सेयर निष्कासनसम्बन्धी विवरणमा आवश्यक सुधारका लागि लेखी पठाइएको छ । आवेदन दिएका १५ वटा संस्थाले ३ अर्ब ९० करोड रुपैयाँ बराबरको आइपीओ जारी गर्नेछन् । यसैगरी, १७ वटा संस्थाले ११ अर्व ७६ करोड रुपैयाँ बराबरको हकप्रद सेयर बिक्री गर्नेछन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);