कोरियाले विज्ञान र प्रविधि विकासका लागि एक अर्ब रुपैयाँ अनुदान उपलब्ध गराउने | ईमाउण्टेन समाचार

Our Network

चैत ४ २०८०, आइतबार

कोरियाले विज्ञान र प्रविधि विकासका लागि एक अर्ब रुपैयाँ अनुदान उपलब्ध गराउने

money

काठमाडौं, २३ माघ । दक्षिण कोरियाले नेपालको एकीकृत ग्रामिण विकास तथा विज्ञान र प्रविधि विकासका लागि करिब एक अर्ब नेपाली रुपैयाँ अनुदान सहायता उपलब्ध गराउने भएको छ ।

अर्थ मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारी र नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क योङ सीकबीच आज अनुदान सहायता समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारी पत्रमा सो लगानी कार्यान्वयनको मुख्य भूमिका भने काठमाडौं विश्वविद्यालयले निर्वाह गर्ने उल्लेख छ । कार्यक्रममा अर्थ सचिव अधिकारीले दक्षिण कोरिया सरकारले नेपालको शिक्षा, कृषि र स्वास्थ्यको क्षेत्रमा प्राविधिक सहयोग गर्दै आएको स्मरण गरे ।उनले परियोजनालाई सफल बनाउन लागिपर्ने प्रतिवद्धतासमेत व्यक्त गरे ।

नेपालका लागि दक्षिण कोरियाका राजदुत सीकले नेपालले अनुसन्धानको क्षेत्रमा उल्लेख्य प्रगति गरोस् भन्ने उद्देश्यका साथ सहयोग आदानप्रदान भईरहेको बताए । ८ वर्षे परियोजनाबाट नेपालको अनुसन्धान र विकास एवम् प्रविधि क्षमतामा विकास हुने विश्वास लिइएको छ । दक्षिण कोरियाले सन् १९९१ देखि नेपाललाई शिक्षा, कृषि र स्वास्थ्य क्षेत्रमा आवश्यक प्राविधिक सहयोग गर्दै आईरहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);