साताको अन्तिम दिन बिहीबार सेयर बजारमा एक महिना यताकै न्युन कारोबार | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

साताको अन्तिम दिन बिहीबार सेयर बजारमा एक महिना यताकै न्युन कारोबार

nepal stock exchange

काठमाडाैं । साताको अन्तिम दिन बिहीबार सेयर बजारमा एक महिना यताकै न्युन कारोबार भएको छ । बिहीबार ११ अर्ब रुपैयाँ भन्दा कम मूल्यको सेयर किनबेच भएको छ । यो कारोबार रकम १ दिन बाहेक पछिल्लो एक महिना यताकै सबैभन्दा कम हो ।

पछिल्लो एक महिनाको अवधिमा दुई हप्ता अघि एक दिन मात्रै आठ अर्ब रुपैयाँको मात्रै सेयर किनबेच भएको थियो । बाँकी सबै कारोबार दिनमा ११ अर्ब रुपैयाँ भन्दा बढीको सेयर किनबेच भएको तथ्याङ्क छ। यस्तै लगातार दोस्रो दिन बजार घटेको छ । बुधबार ५२ अंकले घटेको नेप्से बिहीबार थप १ दशमलव ३० अंकले घटेर नेप्से सूचक २९६८ बिन्दुमा रोकिएको छ ।

धितोपत्र बोर्डले ५१ वटा कम्पनीमा लगानी जोखिम रहेको विवरण सार्वजनिक गरेपछि बिहीबार ६ वटा उपसमूह हरियो हुँदा ७ वटा उपसमूहमा रातो पोतिएको छ । बिहीबार विकास बैंक समूह ९४ अंकले बढेको छ भने लघुवित्त समूह ६४ अंकले घटेको छ । बिहीबार खानीखोला हाइड्रोपावरको सेयर सर्वाधिक ७ प्रतिशतले बढेको छ । यस्तै सिइडीबी हाइड्रोपावरको सेयर मूल्य ६ प्रतिशतले घटेको छ ।

नेपाल पुनर्बिमा कम्पनीको सर्वाधिक ७७ करोड रुपैयाँको सेयर किनबेच हुँदा नेशनल हाइड्रोपावरको ३० करोड, नेपाल इन्स्योरेन्सको २७ करोड र निफ्राको २४ करोड रुपैयाँको सेयर किनबेच भएको छ । २२३ कम्पनीको २ करोड ३ लाख ६६ हजार कित्ता सेयर १० अर्ब ९० करोड रुपैयाँमा किनबेच भएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);